बाँच्नका लागि सीप आवश्यकः क्याम्पस प्रमुख गजुरेल

...

कञ्चनपुर, मंसिर १६ गते ।
दलित सरोकार मञ्च नेपालले आईतबार सप्तरीको कञ्चनरुप नगरपालिका वार्ड नम्बर १२ स्थित रुपनगर नन्दराज संग्रौला क्याम्पसमा एक कार्यक्रम आयोजना गरी सर्वेक्षणमा संलग्नलाई प्रमाणपत्र तथा अनुभव पत्र वितरण गरेको छ ।
पुराक एसिया र दलित सरोकार मञ्चको साझेदारीमा शम्भुनाथ नगरपालिकामा भएको सर्वेक्षणमा सहभागी सर्वेक्षकहरूलाई सम्मान गर्दै, कार्यक्रमले उनीहरूको योगदानलाई कदर गरेको हो ।
कार्यक्रममा क्याम्पस प्रमुख गजुरेलले आफ्नो जीवन अनुभव बाँड्दै भने, “मैले ४० वर्ष काठमाडौंमा बिताएँ । जीवन कठिन थियो, तर कुनै सीप नजानेकोले संघर्ष गर्नुप¥यो । अब मेरो उद्देश्य छ– मर्नु अघि कम्तीमा १० जनालाई सीप सिकाएर जान्छु ।“
गजुरेलले सीपको महत्त्वमा जोड दिँदै थपे, “सीप नभएको मानिसलाई समाजले बाँच्न पनि दिँदैन । जसको सीप छ, उसले कुनै न कुनै माध्यमबाट जीवनमा सफल हुने अवसर पाउँछ ।“ उनले युवाहरूमाथि सिर्जनशील र आत्मनिर्भर बन्ने आह्वान गर्दै भने, “राजनीतिमा लागेर समय बर्बाद गर्नुभन्दा सिर्जनात्मक काममा लाग्नुपर्छ ।“
दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोला पासवानले शिक्षा प्रणाली र वातावरणले विद्यार्थीलाई सीप सिक्न प्रेरित नगरेको उल्लेख गरे । उनले भने, “हाम्रो समाजमा सीप भएको व्यक्तिको अझै पनि अभाव छ । अब हामी इच्छुक व्यक्तिहरूलाई स्वयम्सेवकका रूपमा काम गर्न सिकाउने अवसर प्रदान गर्नेछौं ।“
कार्यक्रममा सहभागीहरूले गजुरेलको विचारलाई प्रेरणादायी माने । उनीहरूले सीप सिकेर आत्मनिर्भर बन्ने प्रण गरेका थिए । कार्यक्रममा अबलोकित दैनिकका पत्रकार किशोर पासमान, अनिश शेख, र स्नातक अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमका संयोजक मनिष कोइरालाले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रमले सीप सिक्ने र सिकाउने संस्कारलाई अगाडि बढाउन प्रेरणा प्रदान गरेको विश्वास गरिएको छ ।

प्रतिक्रिया

राज कुमार लाल दास

२0८१ मंसिर १६ गते १६:१६

सुन्दर विचार! समय सानदरभिक। धन्यवाद सर

  • 7 Replies
  • 0 Likes
  • 0 Dislikes

Marqita Ibarra Jara

२0८१ मंसिर १८ गते २:१९

+13056749741

  • 0 Likes
  • 0 Dislikes

Marqita Ibarra Jara

२0८१ मंसिर १८ गते २:१९

+13056749741

  • 0 Likes
  • 0 Dislikes

Marqita Ibarra Jara

२0८१ मंसिर १८ गते २:१९

+13056749741

  • 0 Likes
  • 0 Dislikes

Marqita Ibarra Jara

२0८१ मंसिर १८ गते २:१९

+13056749741

  • 0 Likes
  • 0 Dislikes

Marqita Ibarra Jara

२0८१ मंसिर १८ गते २:१९

+13056749741

  • 0 Likes
  • 0 Dislikes

Marqita Ibarra Jara

२0८१ मंसिर १८ गते २:१९

+13056749741

  • 0 Likes
  • 0 Dislikes

Marqita Ibarra Jara

२0८१ मंसिर १८ गते २:१९

+13056749741

  • 0 Likes
  • 0 Dislikes