विष्णुपुर गापाका अध्यक्ष प्रश्नः २१८ बोरा मल कसलाई दिनु र कसलाई नदिनु ?

...

राजविराज, मंसिर १९ गते ।
सप्तरीको विष्णुपुर गाउँपालिकाले जिल्लामा मलको अभावसम्बन्धी गम्भीर समस्याबारे कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय राजविराजलाई ध्यान आकर्षण गराएको छ । गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवद्वारा हस्ताक्षरित पत्रमा कृषकहरूको समस्यालाई सम्बोधन गर्दै मलको आपूर्ति गर्नका लागि तुरुन्त समाधान खोज्न आग्रह गरिएको छ।
बुधबार कृषि सामग्री केन्द्र राजविराज शाखालाई अध्यक्ष यादबले लेखेको पत्रमा 
गाउँपालिकाको जनसंख्या २७ हजार ७ सय ३ भएपनि गत मंसिर २ गते युरिया,डिएपी मल पठाएपनि त्यो वितरण गरिसकिएको उल्लेख छ । पुनः मंसिर १८ गते २ सय १८ बोरा खाद्य मात्रै उपलब्ध गराएकोले गाउँपालिकाले कसलाई दिने,कसलाई नदिने हो ? यस्ता समस्याको कारणले पालिकालाई अप्ठेरो परेको उल्लेख छ  ।
गाउँपालिका अध्यक्ष यादबले सप्तरीमा खुलेआम मलको कालाबजारी भईरहेको हुदाँ प्रशासन किन मौन छ ? भनी प्रश्न गरेको छ ।  
सप्तरीका १८ पालिकाका प्रमुखहरुलाई बैठक बोलाई सर्वदलिय र सर्वपक्षिय बैठक राखेर समस्या समाधान गर्न अध्यक्ष यादबले आग्रह गरेका छन् । पत्रमाभनिएको छ कि विष्णुपुर गाउँपालिका एक कृषि प्रधान क्षेत्र हो र यहाँको कृषक वर्ग विशेषगरी युरिया मलको आपूर्तिमा निकै निर्भर छन् ।
 

प्रतिक्रिया