कञ्चनरुप ३ की महिला ज्यान बचाउनको लागि सहयोगको याचना गर्दै

...

कञ्चनपुर, मंसिर २४ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका वार्ड नम्बर ३ स्थित बरमझिया निवासी राम नारायण सादाका धर्मपत्नी लालो देवी सदा गम्भीर स्वास्थ्य समस्यासँग जुझ्दै छिन् । उनका छातीमा गाठो (गुडा) रहेको छ, जसको कारण उनले झन्डै एक वर्षदेखि ज्यान जोगाउन संघर्ष गरिरहेकी छिन् ।

स्थानीय नगर अस्पतालका डाक्टरहरूले उनको उपचार यहाँ सम्भव नभएको र बिराटनगर जानका लागि १ लाख ६० हजार रुपैयाँ आवश्यक पर्ने बताएका छन् । तर आर्थिक अभावका कारण उनले यो रकम जुटाउन सकेकी छैनन् । उनका श्रीमान् राम नारायण सादा मजदूरी गरेर परिवारको गुजारा चलाइरहेका छन्, र उनका साना छोराछोरीहरू पनि आर्थिक जिम्मेवारीले ग्रसित छन् ।

लालो देवीले नगर प्रमुख ललन प्रसाद गुप्ता र अन्य सहयोगी व्यक्तिहरूलाई आफ्नो उपचारका लागि सहयोग गर्न आग्रह गरेकी छिन्। उनले भनिन्, "गाउँमा चन्दा उठाउने प्रयास पनि सफल भएन, र अब मैले ज्यान जोगाउनका लागि सबैको सहयोगको आवश्यकता छ।"

यदि चाँडै कदम चालिएन भने उनका जीवनलाई गम्भीर संकट आउन सक्छ। उनले आफ्नो जीवनको लागि सहयोगको अपील गर्दै, इच्छुक व्यक्तिहरू वा संस्थाहरूलाई सहयोग पुर्याउन आग्रह गरेकी छिन् ।

प्रतिक्रिया