सप्तरीलाई हराउदै सर्लाही सेमीफाईनलमा प्रवेश

  • मंसिर १0, २0७६
  • 0
...

कञ्चनपुर,मंसिर १९ गते । हिरोज स्पोटिङ क्लब बरमझियामा जारी प्रदेशस्तरिय “१९ हिरो कप” फुटवल प्रतियोगिता अन्र्तगत बुधवारको खेलमा सप्तरीलाई हराउदै सर्लाही ११ सेमीफाईनलमा प्रवेश गरेको छ ।                

अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा निर्धारित समयसम्म दुबै टिमबाट एक एक गोल भए पछि टूाईबेकर प्रणालीद्वारा खेलको छिनोफानो गरिएको थियो । जसमा सर्लाही ११ ले  सप्तरीलाई हराउन सफल भयो ।        

५/५ प्यानेल्टीमा हिरोज स्पोटिङ क्लब सप्तरी सँग ४÷५ले सर्लाही ११को बिजय भएका छन् । हिरोज स्पोटिङ क्लब  सप्तरीका जर्सी नं.१४ का खेलाडी चन्द्रकान्त चौधरी म्यानअपदि म्याच भएका छन् । चौधरीलाई माँ दुर्गा ज्वलर्स बरमझियाका प्रोपाईटर हरि प्रसाद साह स्वर्णकारले चाँदीको मेडल तथा चौधरी फार्मेसी कञ्चनपुर बजारका प्रोपाईटर माघव चौधरीले दुई हजार रुपैंया सहयोग गरिएको छ । प्रतियोगिता अन्तरगत आजको खेल रौतहट ११ र पर्सा ११ विरगंज बीच खेल हुनेछ । प्रतियोगितामा प्रदेश २ का सबै ८ वटै जिल्ला टिमहरुको सहभागिता रहेको छ । प्रतियोगितामा बिजेता हुने टिमले हिरो कप सहित एक लाख रुँपैया प्राप्त गर्नेछन् भने उपबिजेता टिमले ५० हजार रुँपैया नगद पुरस्कार पाउने छन् । प्रतियोगिताको अवलोकित दैनिक मिडिया पार्टनरको भुमिका     निभाइरहेका छन ।
 

प्रतिक्रिया