कञ्चनपुर, मंसिर २६ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका–२ बरमझियामा महेन्द्र राजमार्गमा व्यावारिसे कुकुरको दुर्घटनामा मृत्यु भएपछि स्थानीय सवारी चालक र सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । कुकुरको शव राजमार्गमै रहेको र त्यसले दुर्गन्ध फैलाउँदै वातावरण प्रदूषण गर्नाका साथै स्वास्थ्य र सुरक्षामा जोखिम थपेको स्थानीयले गुनासो गरेका छन् ।
२६ गते बुधबारको घटनापछि सिटि चालक राजा राम यादवले मृत कुकुरलाई तत्काल हटाउन कञ्चनरुप नगरपालिकाका सरसफाइ कर्मचारीलाई बोलाउन आग्रह गरेका छन् । उनले नगर प्रमुखलाई पनि यस विषयमा विशेष ध्यान दिन र समस्या समाधानका लागि शीघ्र कदम चाल्न अनुरोध गरेका छन् ।
स्थानीयका अनुसार कुकुरका शवका कारण यातायातमा अवरोध सिर्जना हुनुका साथै दुर्घटनाको जोखिम पनि बढेको छ । केही सवारी चालकले दुर्गन्ध र ट्राफिक अवरोधका कारण अन्य वैकल्पिक मार्ग रोज्नुपर्ने अवस्था आएको बताएका छन् ।
यस्तो अवस्थामा समयमै शव व्यवस्थापन नगरे दुर्घटनाको जोखिम मात्र नभई सार्वजनिक स्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्ने स्थानीयवासीहरूको चिन्ता छ । वातावरण प्रदूषणले बालबालिका, वृद्धवृद्धा, र अन्य संवेदनशील समूहमा रोग फैलने खतरा रहेको उनीहरूले बताएका छन् ।
यस घटनाले व्यावारिसे जनावर व्यवस्थापनमा नगरपालिकाको कमजोरी औंल्याएको भन्दै स्थानीयले कडा प्रतिक्रिया दिएका छन् । यस्तो समस्यालाई दीर्घकालीन समाधान गर्न नगरपालिका र अन्य सम्बन्धित निकायले तत्काल कदम चाल्नुपर्ने र भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन योजना बनाउनु आवश्यक रहेको उनीहरूको भनाइ छ ।
स्थानीयहरूले नगरपालिकाको सरसफाइ विभाग र अन्य सरोकारवाला निकायसँग समन्वय गरी समस्या समाधान गर्न आग्रह गरेका छन् । समयमै कारबाही नभए राजमार्गमा दुर्घटनाको जोखिम थपिनसक्ने चेतावनी दिँदै उनीहरूले स्थानीय सरकारको सक्रियता माग गरेका छन् ।
प्रतिक्रिया