कञ्चनपुर, मंसिर २६ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका वार्ड नं ४ निवासी किशोर पासमानले नेपाल पत्रकार महासंघमा उम्मेद्बारी दर्ता गराएका छन । कञ्चनपुरका प्रकाशित अबलोकित दैनिकमा सम्वदाता समेत रहेका छ । उक्त बुधबार २५ गते बिहान ११ बजे पासमानले दलित सदस्यमा उम्मेद्बारी दर्ता गराएका हुन ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीको कार्यालयमा बुधबार २५ पदका लागि अध्यक्षसहित ४४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्षमा श्रवण कुमार देव, बैधनाथ यादव, उपाध्यक्षमा रामनारायण विश्वास, अनिल पोखरेल, महिला उपाध्यक्षमा सुधा देव, मञ्जु यादव, सचिबमा जितेन्द्र कुमार झा, खगेन्द्र कार्की, सह सचिब कृष्ण कुमार मण्डल धानुक, सह सचिब समाबेशी दिनानाथ यादव, डम्बर राई, कोषाध्यक्षमा नवीन कुमार गुप्ता, गोपाल गुप्ताको उम्मेदवारी परेको छ । यसैगरी सदस्य आदिवासी जनजाति बृजमान तामाङ, निरज कुमार मण्डल, अल्पसंख्यक भूषण कुमार सिंह, परिष कर्ण, मधेशी कृष्णदेव यादव, अरुण कुमार यादव, महिला रक्षा चौधरी र किशोर कुमार पासवानको उम्मेदवारी परेको छ ।
यसैगरी खुल्ला सदस्यमा शिव आचार्य, उत्तम आचार्य, नर्मदेव यादव, रामनारायण यादव, धर्मपाल राउत, राजेन्द्र मिश्र, विन्दु कुमार यादव, गंगा प्रसाद साह रहेका छन् ।
केन्द्रीय परिषद सदस्य देवराम यादव, सुमन मिश्र, धमला भट्टराई, सतिष कुमार दत्त र प्रदेश परिषद सदस्य भुपेन्द्र प्रसाद मण्डल, आनन्द मोहन शर्मा, महेन्द्र प्रसाद मण्डल, अरुण कुमार तिवारी, नरेश कुमार चौधरी, शैलेन्द्र झा, लोकेन्द्र प्रसाद यादव, पवन कुमार मिश्र, गणेशलाल देव रहेका छन् ।
प्रतिक्रिया