कञ्चनपुर,२७ मंसिर ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा दलित सदस्यका रूपमा किशोर पासवान निर्विरोध चयन भएका छन्।
कञ्चनरुप नगरपालिका वडा नं. ४ निवासी एवम् अवलोकित दैनिकका प्रमुख समाचारदाता पासवानले दलित समुदायको प्रतिनिधित्व गर्दै यो महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरेका हुन्।
पासवान विगत १३ वर्षदेखि पत्रकारिताको क्षेत्रमा सक्रिय छन्। आफ्नो लामो अनुभव र निष्ठापूर्ण पत्रकारिताका कारण उनले समाजमा सत्यतथ्य सूचनाको प्रवाह गर्न र सबैका हक-अधिकारको सुनिश्चितताका लागि महत्त्वपूर्ण योगदान दिँदै आएका छन्।
चयनपछि प्रतिक्रिया दिँदै पासवानले भने, "पत्रकारिताको क्षेत्रलाई थप मजबुत बनाउँदै, सबैका आवाजलाई बुलन्द गर्न र समाजमा सकारात्मक परिवर्तन ल्याउन मैले सक्दो प्रयास गर्नेछु।"
पासवानकाे चयनले पत्रकारितामा दलित समुदायको सहभागिता र योगदानलाई अझ व्यापक बनाउने विश्वास गरिएको छ।
प्रतिक्रिया