कञ्चनरुपको राम टोलमा नालाको ब्यवस्था नहुनुको कारणले करिब ३० घर धुरी समस्याको सम्ना गर्दै  

...

कञ्चनपुर, मंसिर २७ गते ।

सप्तरीको कञ्चनरुप नगरपालिका वार्ड नं २ महादेवपट्टि स्थित राम टोलका करिब ३० घर धुरी स्थानीयहरूले नालाको अभावका कारण ठूलो समस्या झेलिरहेका छन । स्थानीयको भनाइ अनुसार खानेपानीको धारा वरिपरि पानीको उचित निकास नहुँदा पानी जमेर खाल्डो बनेको छ । यो खाल्डोले बालबालिकाका लागि खतरा उत्पन्न गरेको छ, जसले गर्दा उनीहरूलाई कुनै दुर्घटनाबाट जोगाउन स्थानीय अभिभावकहरू चिन्तित छन् ।
१ वर्षदेखि स्थानीयहरूले नालाको व्यवस्थापनको माग गर्दै आए पनि सम्बन्धित वार्ड अध्यक्षले कुनै पहल नगरेको गुनासो गरिएको छ । यो समस्या समाधानका लागि नालाको निर्माण तत्काल प्राथमिकतामा राख्नु आवश्यक छ । यसले न केवल स्थानीयहरूको दैनिक जीवन सहज बनाउनेछ, तर स्वास्थ्य र सुरक्षामा समेत सुधार ल्याउनेछ ।

प्रतिक्रिया