आज देखि प्रदेशस्तरीय फुटबल प्रतियोगिता

  • मंसिर १0, २0७६
  • 0
...

कञ्चनपुर,मंसिर १६ गते । सप्तरीको कञ्चनरुप नगरपालिका ३ बरमझियामा आज देखि प्रदेशस्तरीय फुटबल प्रतियोगिता शुरु हुने भएको छ ।        

हिरोज स्पोर्टिङ्ग क्लव  सप्तरीको आयोजनामा मंसिर १७ देखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रदेश २का ८ जिल्लाबाट क्लबहरुले भाग लिएका छन् । प्रतियोगिताका लागि खेल मैदान मिलाउने,गोल पोष्ट निमार्ण,खेलको लागि मैदान निमार्णका कार्य सम्पन्न भएको बताइएको छ ।  उक्त प्रतियोगितामा प्रथम हुनेलाई एक लाख तथा द्वितीयलाई ५१ हजार रुपैयाँसहित टूफी प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष विजय चौधरीले जनाएका छन् । दुई दशक देखी बरमझिया खेल मैदानमा प्रत्येक वर्ष जिल्लास्तरमा प्रतियोगिता हुने भएपनि यस पटक प्रदेशस्तरीय खेल हुन गइरहेकोले सम्पुर्ण नगरबासी,कर्मचारी, व्यापारी,समाजसेवी, राजनीति दलका प्रतिनिधि स्थानीय युवा तथा खेल पे्रमीलाई सहयोग गर्न आग्रह समेत गरिएको छ ।                

कुल आठ लाख रुपैयाँको लागतमा आयोजना गरिने प्रतियोगितामा प्रदेश २ का आठवटै जिल्लाका फुटबल क्लवलाई सहभागी गराइने आयोजकका अध्यक्ष विजय चौधरीले जानकारी दिएका छन् । आज प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साहले प्रतियोगिताको 
उद्घाटन गर्ने भएको छ । आयोजक संस्थाका अध्यक्ष विजय चौधरीले प्रदेशस्तरीय खेल संचालन गर्न बढी खर्च लाग्ने भएकोले आर्थिक सहयोगका साथै सबै जनसमुदायकालाई अपील गरेका छन् । प्रतियोगिताको मिडिया पार्टनरको रुपमा कञ्चनरुपबाट प्रकाशित अवलोकित दैनिक र कञ्चनरुप साप्ताहिक रहने अध्यक्ष चौधरीले बताए ।
 

प्रतिक्रिया