राजविराज, पुष १ गते ।
जिल्ला प्रहरी कार्यालय सप्तरीको सभाहलमा “बल प्रयोगको सिद्धान्त तथा हातहतियारको प्रयोग“ सम्बन्धी विशेष तालिमको उद्घाटन सोमबार सम्पन्न भएको छ । पाँच कार्यदिनसम्म सञ्चालन हुने यस तालिम प्र.ब.ह, प्र.ह, प्र.स.ह, र प्र.ज समूहका प्रशिक्षार्थी प्रहरी कर्मचारीहरूलाई लक्षित गरी आयोजना गरिएको हो ।
तालिमको उद्घाटन जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले गर्नुभएको थियो । कार्यक्रममा सिनियर र जुनियर प्रहरी अधिकृतहरू सहित सम्पूर्ण प्रशिक्षार्थी प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
मिति २०८१ ।०९ ।०१ देखि २०८१ ।०९ ।०५ सम्म सञ्चालन हुने यस तालिमले प्रहरी कर्मचारीहरूलाई बल प्रयोग र हातहतियार सञ्चालनका सिद्धान्तबारे विशेष ज्ञान दिने लक्ष्य राखेको छ ।
प्रतिक्रिया