कञ्चनपुर, पुष १ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका–३, गोरपार गाउँका २५ वर्षीय महेश खंग सात महिनादेखि दुबईको अबुधाबीमा बेपत्ता भएका छन् । रोजगारीको खोजीमा २ लाख ५० हजार रुपैयाँ ऋण लिएर विदेश गएका खंगको हालसम्म कुनै अत्तोपत्तो नभएपछि उनका परिवार चिन्तामा छन् ।
महेशकी श्रीमती देवकी कुमारी खंगले श्रीमान् हराएपछि परिवारको जनजीवन निकै कठिन बनेको बताइन् । उनले खोजीका लागि प्रयास गर्दा पनि कुनै ठोस जानकारी प्राप्त नभएको र श्रीमान्को अवस्था अज्ञात हुँदा घरको चुलोसमेत नबल्ने अवस्था आएको दुःख व्यक्त गरिन् ।
उनले सरकार, समाजसेवी, र सम्बन्धित निकायसँग श्रीमान्को खोजीमा सहयोग गरिदिन आग्रह गर्दै भनिन्, “कहाँ छन्, के गर्दैछन् भन्ने सोचेर रातभर निद्रा लाग्दैन । आँखाबाट आँसु बग्न रोकिन्न ।“
यो घटनाले विदेश रोजगारीमा जाने नेपाली युवाका लागि आवश्यक सुरक्षा, कानुनी जानकारी, र भरपर्दो रोजगारदाताको छनोटको महत्वलाई पुनः उजागर गरेको छ । परिवारले सम्बन्धित दूतावास र रोजगारदातासँग थप सहयोग माग्नुपर्ने आवश्यकता औंल्याएको छ ।
महेश खंगको खोजीका लागि सरकार र सम्बन्धित निकायले तत्काल पहल नगर्दा परिवारको पीडा थप गहिरिंदै गएको छ । यस विषयमा स्थानीय र राष्ट्रियस्तरबाट पहल गर्नुपर्ने आवाज उठिरहेको छ ।
प्रतिक्रिया