कञ्चनपुर, पुष ६ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित धारापानी पर्यटकीयस्थलमा अन्नपूर्ण बहुमुखी सहकारी संस्था लिमिटेडको २६औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुदम्बर यादवको अध्यक्षतामा आयोजित सभाको प्रमुख अतिथि कञ्चनरुप नगरपालिकाकी उपप्रमुख मुना कुमारी पोखरेल थिइन् ।
अन्नपूर्ण बहुमुखी सहकारी संस्था लि. कंचनपुर, सप्तरीको २६ औं वार्षिक साधारण सभा समापन गर्दै अध्यक्ष सुदम्बर यादवले संस्थाको प्रगति र भविष्यका योजनाहरू प्रस्तुत गर्नुभयो । सन् १८४४ मा बेलायतबाट शुरु भएको सहकारी अभियान अहिले विश्वभर फैलिएको छ । नेपालमा ३०,००० भन्दा बढी सहकारी संस्थाहरु सक्रिय छन् र सहकारी क्षेत्रको योगदान २५ प्रतिशत पुगेको छ । अन्नपूर्ण सहकारीले २७ औं वर्षमा प्रवेश गर्दै २ करोड भन्दा बढी पूंजी संकलन गरेको छ र नयाँ कार्यालय भवन निर्माण गरी सञ्चालन गर्दैछ । यद्यपि, राजनीतिक अस्थिरता र चुनौतीहरूका बाबजुद, संस्थाले मुनाफा आर्जन गर्दै सदस्यहरूको मनोबल उच्च राख्न निरंतर प्रयास गरेको छ । सदस्यहरूको सहयोग र सुझावको कदर गर्दै भविष्यमा पनि सहकारी क्षेत्रको सशक्तिकरणको लागि काम गर्ने प्रतिबद्धता जनाइएको छ ।
सभाले तीन वर्षका लागि नयाँ सञ्चालक समिति गठन गरेको छ । समितिमा सुदम्बर यादव अध्यक्ष र शत्रुघन प्रसाद यादव उपाध्यक्ष चयन भएका छन् । अन्य सदस्यहरूमा संजय कुमार स्वर्णकार, चितरंजन यादव, महेन्द्र कुमार यादव, सन्तोष कुमार गुप्ता, र ममता कोइराला छन् ।
सभामा लेखा समिति संयोजक विजयकुमार राहीले प्रस्तुत गरेको प्रतिवेदनअनुसार, गत आर्थिक वर्ष २०८०र८१ मा सहकारीले १९ लाख ६१ हजार १ सय ५३ रुपैयाँ खुद नाफा आर्जन गरेको जानकारी दिइयो । सभाले १५५ लाभांश वितरण गर्ने निर्णय पनि पारित ग¥यो ।
लेखा समितिमा विजयकुमार राही संयोजक र सदस्यहरूमा सुधिर कुमार यादव र विजय कृष्ण राही घिमिरे चयन भएका छन् ।
सहकारीले ऋण लगानीमा विशेष सतर्कता अपनाउँदै ऐन, नियम, र मापदण्डको पालना गर्दै आएको उल्लेख छ । लेखा समितिको प्रतिवेदनअनुसार सहकारी विभागका निर्देशन र सुझावलाई प्राथमिकतामा राख्दै कार्यान्वयन गरिँदै आएको जानकारी सभामा दिइयो ।
कार्यक्रम सञ्चालन सञ्चालक समिति सदस्य चितरंजन यादवले गरेका थिए ।
सहकारी आन्दोलनको विस्तार र पारदर्शितामा जोड
सभामा वक्ताहरूले सहकारी संस्थाले आर्थिक र सामाजिक विकासमा पु¥याएको योगदानको प्रशंसा गर्दै सहकारीको दायरा थप विस्तार गर्नुपर्नेमा जोड दिए । सभाले सहकारीको पारदर्शिता, प्रभावकारिता, र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
सहकारी आन्दोलनलाई गाउँ–गाउँसम्म पु¥याउने र रोजगारीका अवसर सिर्जना गर्न सबैको सहयोग आवश्यक रहेको वक्ताहरूले औंल्याए ।
कार्यक्रमको स्वागत मन्तव्य शत्रुघन प्रसाद यादवले गरेका थिए । शुभकामना मन्तव्य विजयकृष्ण राही, दिलिपकुमार चौधरी, ममता कोइराला, र व्यवस्थापक आनन्द प्रसाद रौनियारले व्यक्त गरेका थिए ।
प्रतिक्रिया