हात्ती लगायतका जंगली जनाबर आंतकबाट बच्न सामुहिक पूजा

  • मंसिर ११, २0७६
  • 0
...

अवलोकित समाचारदाता
बिरेन्द्र बजार, मंसिर ११ गते ।
सप्तरीको प्रतिनिधिसभाका सांसदहरुले हात्ती आंतक अन्तय गर्न ६ करोड बजेट बिनयोन गरेको छ । तर सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकामा हात्ती लगायतका  जंगली जनावरको आंतक रोक्न पूजा आयोजना गरेको छ ।
    हात्ती लगायतका जनबारले दिनहु दुस्ख दिनथालेपछी अग्निसाईर मन्दिरमा मंगलबार स्थानीयले सामुहिक पुजा आयोजना गरेको छ ।  गाउँमा दैबी प्रकोप र बिपत्ति आएमा अग्निसाईर मन्दिरको पुजा गरे शान्ति  हुने धार्मिक बिश्वास रहेकोले स्थानीयले चन्दा संकलन गरेर सामुहिक पुजा गरेको हो । 
    हात्ती बाँदर सहित जंगली जनावरले बालीनाली नष्ट गर्नुको साथै ज्यान समेत जोखिममा पर्नथालेपछि शान्तिको कामाना गर्दै पुजा गरेको पीडितहरुले बताए । जंगली हात्ती गाउँपसेर किसानले लगाएको बाली नष्ट गरि आहाराको खोजीमा घर तोडफोड गरेर बितन्डा मच्चाउन थालेकाले केही नलाहेर पुजा गरेको पीडित श्याम कुमार चौधरीले बताए । 
जंगली जनावरबाट असुरक्षित भएको कुरा स्थानीय सरकार, बन कार्यालय, जिल्ला प्रशासन लगायतका सम्बन्धित निकाएमा जानकारी गराउदा समेत सुनुवाइ नभको स्थानीय खड्ग बहादुर तामाङले बताए । 
    ‘हामीले हात्ती धपाउनु हरेक उपाय अपनायौ’ अग्निसाई कृष्णासवरन २ का सुर्यमान तामाङले भने, ‘सम्बन्धि निकायमा समेत आग्रह र्गयौ कसैले चासो नदिएपछि संगठिन बनाएर पुजा गर्न बाध्य छौ ।’
    स्थायी बुढापाकाले अग्निसाईरको पुजा गरे जंगली जनावरले दुस्ख नदिने भनेकाले अन्तिम उपायको खोजीमा पुजा गरेको स्थानीय पीडितहरुको कथन रहेको छ । अग्निसाईर देउता सिसाएका कारण गाउँलेलाई सताएको पीडितहरुको बुझाई रहेको छ । बिगत पाँच बर्ष देखी यस क्षेत्रमा जंगली हात्ती, बाँदर, बंदेलले आतंक मच्चाउन थालेपछि हजारौं गिघा खेती योग्य जग्गा बाँझै रहने गरेको छ । सयौ घरमा तोडफोड गरेको छ भने दर्जनौं बस्ती बिस्थापित भएका छ्न । स्थानीयबासीले हात्ती, बाँदरको मुर्ति बनाएर पंडित बोलाएर पुजा गरेको थियो । उनिहरुले पुजा गर्न चन्दा संकलन गरेका थिए । 
    संकलित  चन्दाले हात्ती, बाँदर तर्साउने उपकरण र सुरक्षाका लागि जनजागरण गराउने अभियान चलाएको स्थानीयले जनाएको छ ।

प्रतिक्रिया