विश्रामपुर,पुष ११ गते ।
बाराको विश्रामपुर गाउँपालिकाका छुवाछूत अनुगमन समिति गठन कार्यक्रममा वृहत छलफलद्धारा विश्रामपुर गाउँपालिकाकाका कार्यपालिका सदस्य बिसमतीय देवी चमारको संयोजकत्वमा ९ सदस्यीय स्थानीय जातीय विभेद तथा छुवाछूत अनुगमन समिति गठन भएको हो ।
बिहिबार विश्रामपुर गाउँपालिकाको सभाहलमा युएसएआईडी नेपालको आर्थिक सहयोगमा द एसिया फाउन्डेसनले नेपालमा कार्यन्वयन गरेको र दलित सरोकार मञ्च नेपाल सप्तरीको आयोजनमा युएसआईडी नागरिक समाज र सञ्चार परियोजना अन्तर्गत “दलित सशक्तिकरण ऐन २०७६ अनुरुप” उक्त जातीय विभेद तथा छुवाछूत अनुगमन समिति गठन गरिएकोे हो ।
सो समितिमा सदस्यहरुमा दलित कार्यपालिका सदस्य सिकली देवी, विश्रामपुर गाउँपालिकाबाट मनोनित दलित अधिकारकर्मी शर्मा बैंठा,रुना देवी पासवान,राजनैतिक दलबाट लोकतान्त्रिक समाजवादी पार्टीबाट सिकेन्द्र पासवान,माओवादीबाट लबकुश बैंठा,एमालेबाट सुनिल पासवान,काँग्रेसबाट हिमकेश पासवान र विश्रामपुर गाउँपालिका सामाजिक शाखाका शाखा अधिकृत अलि अकबर हुसेन रहेका छन ।
सो अबसरमा छुवाछूत अनुगमन समिति गठन कार्यक्रमममा सहभागिहरुले दलित समुदायको विकास तथा उत्थानका लागि जातीय विभेद तथा छुवाछूत अनुगमन समितिलाई प्रभावकारी तबरले अगाडी बढाउने,सहयोग एवम् समग्र कार्यान्व्यनको बिषयमा सहकार्य गरेर अगाडी बढने बताए ।
उक्त छुवाछूत अनुगमन समिति गठन कार्यक्रमको अध्यक्षता विश्रामपुर गाउँपालिकाकाका अध्यक्षाता जुनफकार अलि फुट्ट र परियोजनाकी कार्यक्रम अधिकृत अनुराधा दाहालले परियोजनाको उदेश्य, समग्र परियोजनाको गतिविधि बारेमा सहजिकरण गरिएको हो ।
प्रतिक्रिया