कञ्चनपुर, पुष १२ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका–२ बरमझियामा रहेको नोबेल कृषि सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष बैजु बाबरा गुप्ताको अध्यक्षतामा भएको सभामा कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ता प्रमुख अतिथिको रूपमा उपस्थित थिए । कार्यक्रममा नगर उपप्रमुख मुना पोख्रेल विशिष्ट अतिथिका रूपमा सहभागी थिइन् ।
सभामा अध्यक्ष बैजु प्रसाद गुप्ताले संस्थाको प्रगति विवरण प्रस्तुत गर्दै सहकारीको योगदान र भविष्यका योजना बारे जानकारी गराउनुभयो । उहाँले सहकारीले चुनौतीका बाबजुद आर्थिक स्थायित्व कायम राख्दै स्थानीय समुदायको विश्वास जित्न सफल भएको बताउनुभयो । गुप्ताले सहकारीलाई थप दिगो बनाउनका लागि सदस्यहरूको सुझावलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा लेखा समिति संयोजक दिनानाथ प्रसाद गुप्ताले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले गत आर्थिक वर्ष २०८०÷८१ मा ११ लाख ३८ हजार १ सय ८३ रुपैयाँ खुद नाफा आर्जन गरेको जानकारी गराए । संस्थामा ११४ महिला र २१८ पुरुष ऋणी सदस्य रहेको र सहकारीले ऋण लगानीमा सतर्कता अपनाउँदै ऐन, नियम, र मापदण्डको पालना गरिरहेको उल्लेख गरियो ।
सभामा सहभागी वक्ताहरूले सहकारी संस्थाको योगदानको प्रशंसा गर्दै सहकारी आन्दोलनलाई गाउँ–गाउँसम्म पु¥याउने आवश्यकता औंल्याए । उनीहरूले सहकारीले आर्थिक र सामाजिक विकासमा पु¥याएको योगदानलाई थप सुदृढ बनाउन पारदर्शिता, प्रभावकारिता, र सेवा प्रवाहलाई प्राथमिकता दिनुपर्ने सुझाव दिए । सहभागीहरूले सहकारीले रोजगारीका अवसर सिर्जना गर्दै सदस्यहरूको आर्थिक विकासमा खेलेको भूमिकालाई उच्च मूल्यांकन गरे ।
कार्यक्रममा कञ्चनरुप नगरपालिका–२ का वडाध्यक्ष मेहेदी हुसेन, वडा नं. १० का दामोदर खड्का, वडा सदस्य इसुफ मन्सुरी, र कमल किशोर गुप्ता लगायत अन्य स्थानीय जनप्रतिनिधिहरू र सदस्यहरूको उपस्थिति थियो । स्वागत मन्तव्य राष्ट्रिय सहकारी बैंकका शाखा प्रमुख बिमल राजबंसीले दिनुभएको थियो ।
कार्यक्रमको सञ्चालन समिति सदस्य विकास शाहले गर्नुभएको थियो । साधारण सभाको समापनमा सहकारीका व्यवस्थापक प्रतिमा चौधरी र रञ्जित प्रसाद गुप्ताले पैच वितरण कार्य सम्पन्न गर्नुभएको थियो । सहभागीहरूले यस्ता कार्यक्रमले सहकारीप्रतिको विश्वास बढाउने र संस्थाको दीर्घकालीन विकासमा योगदान दिने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया