किशोर पासवान
कञ्चनपुर,मंसिर १५ गते । कञ्चनरुप नगरपालिका ८ कञ्चनपुर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मौसमी रुघाखोकी तथा छाला रोग सम्बन्धिको विरामीहरु बढदै गएको छ । तर प्राथमिक स्वास्थ्य केन्द्रमा औषधिको अभाव रहेको बताइएको छ ।
औषधिको अभावले गर्दा सेवा ग्राहीहरुलाई समस्या हुने गरेको छ । प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरका जनस्वास्थ्य निरीक्षक लक्ष्मी नरायण चौधरीका अनुसार एन्टी एल्र्जी, बुस्कोपान, रेनाटिडीन, बेन्जाईल, ड्रेसीङ्ग समानहरु, सिरीन्च, बान्ता रोक्ने औषधि समेतको अभाव रहेको बताए । उनले भने,‘हामीले ३ ÷४ पटक औषधी माँग फारम नगरपालिकामा पठाएता पनी अहिलेसम्म उपलब्ध गराएको छैन ।’
प्राथमिक स्वास्थ्य केन्द्रमा गोलोप्स,ब्यान्डेज, टप, सिरिन्च, सर्जिकल ब्लेड, एनएस सलाईन हामीले आन्तरिक स्रोतबाट किनेर चलाउने गरेको बताउदै जनस्वास्थ्य निरीक्षक लक्ष्मी नरायण चौधरील् भने,‘ हामी स्वास्थ्यकर्मीहरुले कार्तिक २५ गते पाउनुपर्ने तलब बिहीबारसम्म कञ्चनरुप नगरपालिकाले दिएको छैन ।’
स्वास्थ्य केन्द्रमा विरामीको चाप बढेपछि ब्लड, पिसाब, खखार जाँच छिटो–छरितो गरेर दिन नसकेको बताउँदै त्यसकोलागि ब्लड सेल कुल्टर मेसीन उपलब्ध गरायो भने मात्र छिटो छरीतो हुने ल्याबका इन्र्चाज हरिनरायण मालामारले बताए ।
ल्याबलाई व्यवस्थित गर्न आवश्यक सामग्री नगरपालिकासंग पटक पटक माग गर्दा हालसम्म उपलब्ध नगराएको मालाकारले बताए । उनले भने,‘विरामीको चाप अनुसार इक्युपमेन्ट अतिनै आवश्यक छ । ’
प्रतिक्रिया