श्री एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभा सम्पन्न, १ लाख ४ हजार ६ सय ४७ रुपैयाँ नाफा, २ प्रतिशत छुटको घोषणा

...

कञ्चनपुर, पुष २० गते ।
श्री एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १३ औं वार्षिक साधारण सभामा १ लाख ४ हजार ६ सय ४७ रुपैयाँको शुद्ध नाफा कमाएको जानकारी सार्वजनिक गरेको छ । कञ्चनरुप नगरपालिका–८, बेरियामा शनिबार आयोजित सभामा संस्थाले आफ्नो आर्थिक प्रगति र आगामी योजनाबारे छलफल गरेको हो ।
संचालक समितिका निर्णयअनुसार, कञ्चनरुप नगरपालिका–८ स्थित मिथिला पार्टी प्यालेसमा आयोजना गरिएको यस सभामा संस्थाका अध्यक्ष लुकेश्वर कुमार गुप्ताको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कञ्चनरुप नगरपालिका के नगर प्रमुख ललन प्रसाद गुप्ताको प्रमुख आतिथ्य र अन्य विशिष्ट अतिथिहरूको उपस्थितिमा सभा गरियो ।
साधारण सभामा संस्थाको गत वर्षको आर्थिक स्थिति र वित्तीय विवरण प्रस्तुत गरिएको थियो । प्रमुख छलफलका विषयहरूमा वार्षिक लाभांश वितरणको प्रस्ताव, संचालक समितिका सदस्यहरूको मनोनयन, संस्थाको आगामी वर्षको विकास योजना र रणनीतिहरू समावेश थिए ।
आर्थिक प्रतिवेदनः
संस्थाका कोषाध्यक्ष उमाशंकर गुप्ताले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले गत आर्थिक वर्षमा ४ करोड ९९ लाख १८ हजार ५ सय ३६ रुपैयाँको कारोबार गरेको र १ लाख ४ हजार ६ सय ४७ रुपैयाँको शुद्ध नाफा कमाएको जानकारी दिएका थिए ।
संचालक समितिका सचिव सुरेश कुमार यादवले पनि लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका वित्तीय विवरणहरूको विस्तृत समीक्षा गरे । संस्थाका शेयर सदस्यहरूको संख्या १,१७१ रहेको छ, जसमा ५११ महिला सदस्य छन् । शेयर पूंजी १५ लाख ५८ हजार ७ सय ६ रुपैयाँ रहेको जानकारी दिइयो । संस्थाले १ करोड ३२ लाख ८० हजार ३ सय ४१ रुपैयाँको कारोबार र १ करोड ३९ लाख ३३ हजार ६ सय २९ रुपैयाँको बचत निक्षेप गरेको पनि उल्लेख गरिएको थियो ।
सम्भावित योजना र छुटको घोषणाः
साधारण सभामा कञ्चनपुर बेरियर स्थित रिसभ डिपाटमेन्ट स्टोरले संस्थाका शेयर सदस्यलाई २ प्रतिशत छुट दिने घोषणा गरेको छ, जुन सदस्यहरूको लागि एक विशेष अवसर रहेको छ । यसले संस्थाका सदस्यहरूलाई थप आकर्षित गर्ने र संस्थाको आर्थिक सुदृढीकरणमा योगदान पुर्याउने विश्वास गरिएको छ ।
साथै, संस्थाले १४ जना उत्कृष्ट ग्राहकलाई सम्मान गर्दै बजार प्रतिनिधिहरूसँगको सहयोगलाई प्रोत्साहन गर्न ब्याग वितरण समेत गरेको छ ।
संस्थाका अध्यक्ष लुकेश्वर कुमार गुप्ताले सभामा उपस्थित सबैलाई धन्यवाद दिदै संस्थाको आगामी प्रगति र विकासका लागि आफ्नो प्रतिबद्धता व्यक्त गरे । उनले संस्थालाई अझ राम्रो बनाउन र सदस्यहरूको हितका लागि थप प्रयास गर्ने बताएका छन् ।
संस्थाको भविष्यः
श्री एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सामूहिक प्रयास र समर्पणको आधारमा आगामी वर्षमा अझ बढी प्रगति र सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । संस्थाले सदस्यहरूको आर्थिक उन्नति र समाजिक समृद्धिका लागि आफ्नो कार्यलाई निरन्तर विस्तार गर्दै जाने योजना बनाएको छ ।
यस वर्षको साधारण सभा संस्थाका लागि महत्वपूर्ण माइलस्टोन सावित भएको छ, जसले भविष्यमा अझ राम्रो परिणामका लागि मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरिएको छ ।
 

प्रतिक्रिया