कञ्चनपुर,पुष २० गते ।
श्री राधा कृष्ण कृषि सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारण सभा कञ्चनरुप नगरपालिका १० स्थित बदगामामा सम्पन्न भएको छ । यस अवसरमा सहकारी संस्थाका अध्यक्ष हेमनरायन सडोक यादवको अध्यक्षतामा तथा कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । सोही नगरपालिकाका वडा अध्यक्ष दामोदर खडगाको विशिष्ट आतिथ्यमा शनिबार आयोजित समारोहमा वार्षिक साधारण सभा सम्पन्न भएको थियो ।
कञ्चनरुप नगरपालिका(१० की सदस्य बिभा यादवले शुभकामना मन्तव्य दिंदै भने, “हाम्रो कृषि सहकारी केवल दुई वर्ष पुरा भएको छ, तर हामीले यस अवधिमा धेरै कुरा सिकेका छौँ । भविष्यमा अझ बढी सिकेर सहकारीलाई अझै प्रगति र समृद्धि तर्फ अघि बढाउने छौँ ।”
कार्यक्रममा कञ्चनरुप वडा नम्बर १० का वडा अध्यक्ष दामोदर खड्गा, सोही नगरपालिका(८ का पुष्कर गुप्ता, बेचन सडोक, निरन्जन प्रसाद साह र अन्नपूर्ण सहकारी संस्थाका अध्यक्ष सुदम्बर यादवले समेत शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उक्त साधारण सभामा सचिव सुरेश प्रसाद यादवले आर्थिक वर्ष २०८०र८१ को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरे । उनले सहकारी संस्थाले ९८ हजार ७ सय ७० रुपैयाँ मुनाफा कमाएको जानकारी दिए । साथै, शेर पूंजी १२ लाख ७५ हजार र जगेड़ा कोष ५ हजार ९ सय ३ रहेको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
प्रतिक्रिया