कञ्चनपुर,पुष २२ गते ।
सप्तरीको रूपनगरस्थित ुतिलगंगा कञ्चनरूप सर्जिकल आँखा केन्द्र ले एक वर्षको सेवा अवधिमा २४०० भन्दा बढी नागरिकलाई आँखा उपचार सेवा प्रदान गरेको छ। गत वर्ष माघ १९ मा औपचारिक रूपमा उद्घाटन भएको यस अस्पतालले आँखा जाँच, चश्मा निर्माण, परामर्शदेखि सामान्य शल्यक्रिया समेत गर्दै आएको छ।
यस वर्ष मङ्सिरको दोस्रो साता आयोजित निशुल्क आँखा शिविरमा एक हजार भन्दा बढी व्यक्तिको आँखा जाँच गरिएको थियो। तीमध्ये ४०६ जनाको मोतिबिन्दुको सफल शल्यक्रिया भएको आँखा केन्द्रका प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिनुभएको छ। शिविरमा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँबाट विशेषज्ञ डाक्टरहरूको टोलीले सेवा प्रदान गरेको थियो।
केन्द्रले समुदायस्तरमा आँखा स्वास्थ्य सेवा प्रभावकारी बनाउन ३० स्वास्थ्य स्वयम् सेविका र ३३ सरकारी विद्यालयका शिक्षकरशिक्षिकालाई तालिम प्रदान गरेको छ। आँखा स्वास्थ्य कार्यकर्ता अनिल साउदका अनुसार तालिम प्राप्त व्यक्तिहरू गाउँ र विद्यालयमा सामान्य आँखा जाँचमा सक्रिय छन्।
अस्पतालले आजदेखि नयाँ प्रमुख धर्मराज यादवलाई स्वागत गरेको छ। यादवले वरिष्ठ नेत्र सहायकको जिम्मेवारी सम्हाल्नु भएका छन्, भने पूर्वप्रमुख चन्द्रकान्त चौधरीलाई विदाइ गरिएको छ।
कार्यक्रममा कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रका अध्यक्ष अमर श्रेष्ठले चौधरीलाई कुशल सेवा र सफल आँखा शिविर सञ्चालनका लागि धन्यवाद व्यक्त गर्दै यादवलाई स्वागत गरे। रूपनगर क्याम्पसका प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले तिलगंगा आँखा प्रतिष्ठानको सेवा प्रभावकारी रहेको बताउँदै आगामी दिनमा सेवा विस्तार हुने विश्वास व्यक्त गर्नुभयो।
तिलगंगा कञ्चनरूप सर्जिकल आँखा केन्द्रले आगामी दिनमा आवधिक निशुल्क शिविर सञ्चालन गर्दै समुदायमा आँखा स्वास्थ्य सेवा थप प्रभावकारी बनाउने योजना बनाएको छ। यो केन्द्र तिलगंगा आँखा प्रतिष्ठान, कञ्चनरूप नगरपालिका, र कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रको सहकार्यमा सञ्चालनमा आएको हो।
प्रतिक्रिया
Brithny Monti
२0८१ पुष २५ गते ६:३१
+19833121172
जवाफ दिनुहोस्
Brithny Monti
२0८१ पुष २५ गते ६:३१
+19833121172
जवाफ दिनुहोस्
Brithny Monti
२0८१ पुष २५ गते ६:३१
+19833121172
जवाफ दिनुहोस्
Brithny Monti
२0८१ पुष २५ गते ६:३१
+19833121172
जवाफ दिनुहोस्
Brithny Monti
२0८१ पुष २५ गते ६:३१
+19833121172
जवाफ दिनुहोस्
Brithny Monti
२0८१ पुष २५ गते ६:३१
+19833121172
जवाफ दिनुहोस्
Brithny Monti
२0८१ पुष २५ गते ६:३१
+19833121172
जवाफ दिनुहोस्