नेपाल मुस्लिम इतेहाद संगठन सप्तरीको नेतृत्वमा पुनः कञ्चनरुपका मोहम्मद मुस्तफा चयन

...

कञ्चनपुर, पुस २५ गते। नेपाल मुस्लिम इतेहाद संगठन सप्तरीको अध्यक्षमा मोहम्मद मुस्तफा मियाँ पुनः सर्वसम्मत चयन भएका छन्।

बिहीबार राजविराजमा सम्पन्न संगठनको तेस्रो जिल्ला अधिवेशनले मुस्तफाको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो।

कमिटीमा अध्यक्ष मोहम्मद मुस्तफा (कञ्चनरुप नगरपालिका–६), उपाध्यक्ष सफिकरहमान (हनुमाननगर कंकालिनी नगरपालिका), सचिव सफरिद मियाँ (डाक्नेश्वरी नगरपालिका), र उपसचिव रौशनी खातुन (राजविराज) चयन भएका छन्।

प्रतिनिधि सभा सदस्यसमेत रहेका मुस्लिम इतेहाद संगठनका केन्द्रिय कमिटी अध्यक्ष माननीय शेराज अहमद फारुकीको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको थियो। अधिवेशनको अध्यक्षता जिल्ला कमिटीका अध्यक्ष मोहम्मद मुस्तफा मियाँले गरेका थिए।

कार्यक्रममा एमालेका प्रदेश कमिटी सदस्य मोहम्मद कलिम, एमालेका युवा नेता मोहम्मद अनवर लगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया