किशोर पासवान
कञ्चनपुर,मंसिर १६ गते । जग्गा ठेक्कामा लिएर खेती गर्ने कञ्चनरुप नगरपालिकाका किसानहरुलाई सोचेँ अनुरुप धान उब्जाऊ नभएपछि मार्कामा परेका छन्।
यस पटक ठेक्कामा खेती गर्नेहरुलाई धानबालीमा राम्रो मंजा आएपछि उनीहरु मर्कामा परेको हो । विगतमा ४देखी ५ मन प्रतिकट्टा धान फलेकोमा यस पटक दुई –अढाई मनको कट्ठा मात्रै धान उब्जा भएको छ ।
कञ्चनरुप नगरपालिका क्षेत्रमा प्रति कट्टा २ मन धानमा खेत ठेक्का लिएर गरिब किसानहरुले धानबाली लगाउँदै आएका छन् । कञ्चनरुप नगरपालिका ४ का संजय पासवान ३ वर्ष देखि ठेक्कामा लिएर धान खेती गर्दै आईरहेको छ । तर गत वर्ष भन्दा यस वर्ष धान कम उब्जाऊ भएका कारण जमिनदारलाई नै दिएर नपुग्ने बताए ।
उनले भने,‘१० कट्ठा खेत ठेकामा लिएर गर्दा ३० मन जम्मा धान भएको छ,त्यस मध्ये २ मनको कट्ठा हामीलाई जमिनदारलाई दिनु पर्छ, हामीलाई १० कट्ठामा १० मन धान मात्रै बचेको छ । उक्त बचेको धानले लागत समेत उठ्दैनन।’
संजय पासवान मात्रै उनी जसतै ठेक्कामा खेती गर्ने श्रीलाल पासवान, मुगाँलाल सदा, मनाई राम,बिरेन खंग, जगदीश पासवान लगायतका सयौं किसानहरु मर्का परेको छ । खेतीबाट फाईदा नहुनेभएपछि अधिकाश मध्यम वर्गीय किसानले खेती गर्न छाडेका छन् ।
प्रतिक्रिया