प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत पाँच महिनामा ५,८४६ जना पक्राउ, ४३ करोड भन्दा बढी जरिवाना असुल

...

काठमाडौँ, पुस २५। नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/८२ को श्रावणदेखि मंसिरसम्म फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत ५,८४६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामाथि अदालतले तोकेको कूल जरिवाना रकम ४३ करोड ५ लाख ४२ हजार ९४८ रुपैयाँ रहेको छ।

प्रदेशगत विवरण अनुसार, सबैभन्दा धेरै पक्राउ परेका व्यक्तिहरू काठमाडौँ उपत्यकामा छन्। उपत्यकाबाट १,५२५ जना पक्राउ परेका छन्, जसबाट १२ करोड ७५ लाख ७५ हजार ७८७ रुपैयाँ जरिवाना असुल गरिएको छ। मधेश प्रदेशमा ७५४ जना पक्राउ परेका छन्, जसबाट ५ करोड १६ लाख ९५ हजार ८५५ रुपैयाँ जरिवाना उठाइएको छ। यस्तै, कोशी प्रदेशमा ३७५ जना, बागमती प्रदेशमा २६९ जना, गण्डकी प्रदेशमा ५०६ जना, लुम्बिनी प्रदेशमा १,०३५ जना, कर्णाली प्रदेशमा १६९ जना, र सुदूरपश्चिम प्रदेशमा २३५ जना पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पनि यस अभियानमा सक्रिय भूमिका खेलेको छ। सीआईबीले ५४ जना फरार प्रतिवादीलाई पक्राउ गरी १४ करोड २१ लाख ३३ हजार ८१३ रुपैयाँ जरिवाना असुल गरेको छ।

पक्राउ परेकाहरूको कूल कैद अवधि ११६२ वर्ष ९ महिना ८ दिन रहेको छ। नेपाल प्रहरीले न्यायिक प्रणालीलाई सुदृढ बनाउन र कानुनी शासनलाई प्रवर्द्धन गर्न यस प्रकारका अभियानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया