लागुऔषध नियन्त्रण अभियानमा सप्तरी प्रहरीलाई अर्को सफलता : परालले छोपेको अवस्थामा ६७० किलो गाँजा बरामद

...

राजविराज, पुष २७ गते। सप्तरी प्रहरीले परालले छोपेर लुकाइएको अवस्थामा ६७० किलो गाँजा बरामद गरेको छ। बलान बिहुल गाउँपालिका(१ स्थित चन्ही क्षेत्रबाट उक्त गाँजा बरामद गरिएको हो।

सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाका अनुसार विशेष सूचनाको आधारमा गरिएको कारबाहीका क्रममा गाँजा फेला परेको हो। परालले छोपेर लुकाइएको अवस्थामा भेटिएको उक्त गाँजा हाल प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।

यसअघि पनि सप्तरी प्रहरीले गाँजासम्बन्धी केही महत्वपूर्ण कारबाहीहरू गरेको छ। केही महिना अघि राजगढ गाउँपालिका क्षेत्रबाट करिब ५०० किलो गाँजा बरामद गरिएको थियो। यस्तै, कञ्चनरुप नगरपालिकामा लागुऔषध कारोबारमा संलग्न गिरोहलाई नियन्त्रणमा लिएको थियो।

प्रहरीले जिल्लामा लागुऔषध कारोबारविरुद्ध सक्रिय रूपमा अभियान चलाइरहेको जनाएको छ। यसअन्तर्गत, गाँजा खेती र कारोबार नियन्त्रणका लागि विशेष निगरानी बढाइएको र आवश्यकतानुसार स्थानीय बस्तीमा जनचेतना कार्यक्रम सञ्चालन गर्ने योजना रहेको एसपी खतिवडाले बताए।

सप्तरी क्षेत्र लागुऔषध कारोबारको संवेदनशील क्षेत्र मानिँदै आएको छ। प्रहरीले यसलाई रोकथाम गर्न अन्य सुरक्षा निकायहरूसँगको सहकार्यलाई पनि तीव्र बनाएको छ।
टिपरमा लोड गरिएको १७ क्विन्टल गाँजा नियन्त्रणमा
यसैगरी, सप्तरी प्रहरीले गत मंसिर ३ गते सोमबार राति १७ क्विन्टल १७ किलो गाँजा बरामद गरेको थियो । इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माको नेतृत्वमा खटिएको टोलीले राजगढ गाउँपालिका–४ बेल्हिचपेना शनि मन्दिर नजिकको भित्री सडकखण्डबाट उक्त गाँजा बरामद गरेको थियो।

पत्थरगाढाबाट झुटकीतर्फ जाँदै गरेको को।१ख ६५०३ नम्बरको टिपरलाई चेकजाँच गर्दा ठूलो परिमाणको गाँजा फेला परेको प्रहरी प्रमुख खतिवडाले बताए। सोही क्रममा टिपर चालक, धनकुटा सहिदभूमि गाउँपालिका–३ निवासी यमजित राईलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । 

सप्तरीमा लागुऔषध नियन्त्रणका लागि विशेष अभियान
सप्तरी प्रहरीले जिल्लाभर लागुऔषध नियन्त्रणका लागि विशेष निगरानी राख्दै आएको छ। पछिल्लो समय लगातार रूपमा ठूलो परिमाणको गाँजा बरामद हुनु प्रहरीको सक्रियता र लागुऔषध कारोबारको जटिलतालाई देखाउँछ।

यसअघि पनि सप्तरी प्रहरीले राजगढ गाउँपालिका र कञ्चनरुप क्षेत्रबाट गाँजा बरामद गर्न सफल भएको थियो। प्रहरी प्रमुख खतिवडाले जिल्लाभर लागुऔषध कारोबार रोक्न विशेष टोली परिचालन गरिएको र थप निगरानी बढाउने जानकारी दिए। साथै, लागुऔषध खेती रोक्न र स्थानीय बस्तीहरूमा जनचेतना फैलाउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको उनले बताए।  सप्तरी क्षेत्र लागुऔषध कारोबारका लागि संवेदनशील मानिने भएकाले प्रहरी यसलाई रोक्न अन्य सुरक्षा निकायहरूसँग सहकार्य गरिरहेको छ।

प्रतिक्रिया