श्री जन बालबोध बोर्डिङ स्कुलका संस्थापक नागेश्वर सुरैत यादवको निधन

...

कञ्चनपुर, पुष २९ गते ।
 सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं २ स्थित श्री जन बालबोध बोर्डिङ स्कुलका संस्थापक तथा शिक्षासेवी नागेश्वर सुरैत यादवको आईतबार अल्पआयुमा निधन भएको छ। झण्डै २३ वर्षसम्म विद्यालय सञ्चालन गरेर शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका यादव केही समयदेखि गम्भीर रोगसँग संघर्ष गरिरहेका थिए। उपचारका क्रममा उहाँको निधन भएको हो।

यादवको निधनले विद्यालय, विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायलाई अपूरणीय क्षति पुगेको छ। स्थानीय समाजसेवीहरूका अनुसार यादवको शिक्षामा पुर्‍याएको योगदान अविस्मरणीय छ। उहाँले बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि जीवनभर समर्पित भई परिश्रम गर्नुभयो।

उहाँको निधनले समुदायमा शोकको छाया छाएको छ। शोकसभामा विद्यालय परिवार, विद्यार्थी, अभिभावक तथा स्थानीय नेताहरूले यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको योगदानको उच्च कदर गरेका छन्। श्री जन बालबोध बोर्डिङ स्कुल परिवारले यादवको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारलाई धैर्यधारण गर्ने शक्ति प्रदान गर्न ईश्वरसँग प्रार्थना गरेको छ। उहाँको योगदानले शिक्षा क्षेत्रमा उत्पन्न शून्यता भरिन समय लाग्नेछ।

प्रतिक्रिया