कञ्चनपुर, माघ २ गते ।
कञ्चनरुप नगरपालिका वडा नम्बर ९ को कार्यालय अब आफ्नै भवनबाट सञ्चालन हुने भएको छ । बुधबार सम्पन्न एक विशेष कार्यक्रममा वडा कार्यालयलाई नयाँ भवनमा सारिएको हो । नयाँ कार्यालय भवन कञ्चनरुप नगरपालिका वडा नम्बर ९ को रुपनगर चौकमा अवस्थित छ ।
कार्यक्रमको अध्यक्षता वडा नम्बर ९ का वडाअध्यक्ष रामसुन्दर यादवले गरेका थिए भने प्रमुख अतिथिका रूपमा कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ता उपस्थित थिए । नगरप्रमुख गुप्ताले रिबन काटेर नयाँ भवनको उद्घाटन गरे ।
यसअघि वडा नम्बर ९ को कार्यालय वडा नम्बर १२ को कार्यालयसँगै सञ्चालन हुँदै आएको थियो । एकै स्थानबाट दुईवटा वडा कार्यालय सञ्चालन हुँदा वडा नम्बर ९ का जनताहरुलाई सेवाग्रহণमा असहज भइरहेको थियो । नयाँ भवनबाट सेवा सञ्चालन भएसँगै अब स्थानीयबासीलाई सहज हुनेछ ।
वडा नम्बर ९ की स्थानीय लक्ष्मी सरदारले नयाँ भवनमा कार्यालय सरेपछि सिद्धिपुर र आसपासका टोलका जनताहरूलाई सेवा लिन थप सहयोग पुग्ने बताइन् ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, समाजसेवीहरू, र सरकारी कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
नयाँ भवनबाट वडा नम्बर ९ का बासिन्दाहरूले आफूहरूको सेवा प्राप्तिमा सुधार हुने विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया