कञ्चनपुर, माघ २ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ४, जगतपुर कबिलासा स्थित सरदार (बाँतर) समुदायले आफ्ना कुलदेवता गेंडसिँह बाबाको पूजा गर्दै जातीय, धार्मिक, सांस्कृतिक पहिचान र परम्पराको संरक्षणका लागि माघे तिलासंक्रान्ति महोत्सव भव्य रूपमा मनाएका छन्।
गेंडसिँह बाबा मेला समिति, जगतपुरद्वारा आयोजित ८औं माघे तिलासंक्रान्ति महोत्सव बुधबार औपचारिक रूपमा उद्घाटन गरिएको थियो। प्रतिनिधिसभा सदस्य दिनेश यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भयो।
मेला समितिका अध्यक्ष राजेश कुमार सरदारले बाँतर समुदायले प्राचीनकालदेखि मनाउँदै आएको माघे संक्रान्ति पर्वलाई जातीय पहिचानसँग जोडेर विशेष महत्व दिएको बताए। उनले भने, "यो पर्व हाम्रो धार्मिक तथा सांस्कृतिक महत्त्वको प्रतीक हो, जसले बाँतर समुदायको राष्ट्रिय पर्व भएको प्रमाणित गर्छ।"
बाँतर समुदायले कुलदेवता गेंडसिँह बाबाको प्रांगणमा विधिपूर्वक पूजा गर्दै खसीको बलि प्रदान गरेर माघे संक्रान्ति पर्व मनाएका छन्। परम्परागत रूपमा आँगन चोख्याएर पान, सुपारी, लड्डू, अक्षता, खीर, तिलको लड्डू, चिउरा, बगिया, तुलसीका पात, रक्सी, बिडी, गाँजा, धुप, चामलको पुरीजस्ता सामग्री चढाएर पूजा गरिन्छ।
पर्वको अवसरमा बाँतर समुदायको जातीय पहिचान झल्किने सांस्कृतिक कार्यक्रम, झाँकी प्रदर्शन, र स्थानीय कलाकारहरूले गीत-नृत्य प्रस्तुत गरेका थिए। महोत्सवमा स्थानीय कला र संस्कृतिलाई प्रवर्द्धन गर्ने विभिन्न स्टलहरू पनि राखिएका थिए।
मेला समितिका अध्यक्ष राजेश सरदारले बाँतर समुदायको राजनीतिक, शैक्षिक, र आर्थिक पिछडापनका कारण सांस्कृतिक पर्वको संरक्षण र प्रवर्द्धनमा कठिनाइ भइरहेको बताए। यद्यपि, यस महोत्सवले समुदायको पहिचानलाई जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
महोत्सवको उद्घाटन समारोहमा कञ्चनरुप नगरपालिका पूर्वमेयर बसन्त मिश्र, नगरप्रमुख ललन प्रसाद गुप्ता, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, र कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। बाँतर समुदायका पूर्वअध्यक्ष जिवछ सरदारले स्वागत मन्तव्य दिएका थिए।
माघे तिलासंक्रान्ति महोत्सव बाँतर समुदायको पहिचान र एकताको प्रतीक बनेको छ। समुदायले आफ्नो सांस्कृतिक र धार्मिक परम्परालाई जीवित राख्दै यस महोत्सवलाई भव्यता प्रदान गरेको छ।
प्रतिक्रिया
* * * <a href="https://www.alkon-vvs.ru/index.php?eyysa8">Snag Your Free Gift</a> * * * hs=656f7028a5e11dd6a3f9e7b5f0c25870* ххх*
२0८२ जेष्ठ ३१ गते १:४३
vxf0pr
जवाफ दिनुहोस्
* * * Win Free Cash Instantly: https://www.alkon-vvs.ru/index.php?eyysa8 * * * hs=656f7028a5e11dd6a3f9e7b5f0c25870* ххх*
२0८२ जेष्ठ ३१ गते १:४३
vxf0pr
जवाफ दिनुहोस्