राजविराज, माघ १०।
जिल्ला प्रहरी कार्यालय सप्तरीले जवरजस्ती करणी र शारीरिक आक्रमणको आरोपमा अकलेश कुमार मण्डललाई पक्राउ गरेको छ। माघ ९ गते बिहान ५:४५ बजे विष्णुपुर गाउँपालिका-७ स्थित कोशी सहायक नहरको दक्षिणी क्षेत्र डिल्स्थित स्थानमा १५ वर्षीय किशोरीमाथि घटना भएको हो।
पीडित किशोरी दैनिकझैँ बिहान ५ बजे साइकलमा कलेज जाँदै गर्दा मझाउ टोलबाट पूर्व साइफन पुल नजिकैको एकान्त स्थानमा आरोपी मण्डलले उनलाई रोक्ने प्रयास गरे। आरोपीले किशोरीलाई जबरजस्ती करणी गर्ने मात्र नभई प्रतिकार गर्ने क्रममा उनको बायाँ हात तोडिदिएको र कपडा समेत खोलेर घटना घटाएको प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।
घटना भएको केही समयपछि, इलाका प्रहरी कार्यालय विष्णुपुरले सूचना प्राप्त गरेर आरोपीलाई तत्काल नियन्त्रणमा लियो। पीडित किशोरीले बुधबार नै जाहेरी दर्ता गराएकी छिन्। जाहेरीमा आफूले गम्भीर शारीरिक र मानसिक आघात व्यहोरेको उल्लेख गर्दै कानूनी कारबाही माग गरेकी छन्।
प्रहरीले आरोपीलाई अदालतमा पेश गरेर म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।
प्रहरीको सक्रियता
जिल्ला प्रहरी कार्यालय सप्तरीले यस घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाएको छ। पीडितको स्वास्थ्य परीक्षणसमेत गराइएको छ, र घटनाबारे थप प्रमाण जुटाउने काम भइरहेको छ।
प्रतिक्रिया