जनमत पार्टीका अध्यक्ष सीके राउतका गतिविधि समाचार बनाउँदा पत्रकारमाथि धम्की र उजुरी

...

कञ्चनपुर, माघ १२ गते ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्षलाई सम्बोधन गर्दै पत्रकार दिनेश शर्माले पत्रकारितामाथि भइरहेको दवाब र धम्कीबारे गम्भीर ध्यानाकर्षण गराएका छन् । उनले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसहित उनका कार्यकर्ताहरुको मिलेमतोमा आफूमाथि योजनाबद्ध षड्यन्त्र भएको आरोप लगाएका छन् ।
शर्माका अनुसार, डा. राउतले आफ्नी श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्ध विच्छेदको मुद्दा अदालतमा दर्ता गराएको विषयमा समाचार लेख्दा उनलाई निशाना बनाइएको हो । उनले थप खुलासा गर्दै भने, “एक जनप्रतिनिधिको गतिविधिबारे जनता जानकार हुन पाउने अधिकार छ । समाचार लेख्नु मेरो धर्म हो । तर, डा. राउतले यसलाई गलत रूपमा लिएर मलाई प्रतिवादी बनाएर जिल्ला अदालत ललितपुर र प्रेस काउन्सिल नेपालमा मुद्दा दिएका छन् ।“
पछिल्लो घटनाक्रममा, जनमत पार्टीका केन्द्रीय सदस्य शिवनन्दन महतोसहित केही व्यक्तिहरूले शर्मालाई समाचार नलेख्न दबाब दिएको र फत्तेपुरको एक होटलमा बोलाएर धम्की दिएको उनले बताएका छन् । पत्रकार शर्माले भने, “मैले समाचार नलेख्ने प्रतिवाद त गरिनँ तर विचार गर्ने भनें । त्यसपछि पनि मलाई पटकपटक धम्क्याइएको छ ।“
शर्माले आरोप लगाएका छन् कि हालै नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष वैद्यनाथ यादवको पक्राउमा पनि जनमत पार्टी र प्रदेशका मुख्यमन्त्रीको हात रहेको समाचार लेखेपछि उनलाई पुनः धम्कीको सामना गर्नुपरेको छ ।
शर्माले जनमत पार्टीका नेता शिवनन्दन महतोले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा आफूमाथि अभद्र व्यवहारको उजुरी दिएको जानकारी दिँदै भने, “डीएसपी महेन्द्र नेपालले फोन गरेर मलाई पक्राउ गर्ने धम्की दिएका छन् । यो सबै जनमत पार्टीको योजना अन्तर्गत भइरहेको छ ।“
उनले नेपाल पत्रकार महासंघसँग गम्भीर र परिणाममुखी पहलको माग गर्दै भने, “पत्रकारहरूलाई निडर वातावरणमा काम गर्न पाउने अधिकार हुनुपर्छ । यो प्रकरणले स्वतन्त्र पत्रकारितामाथि आँच पु¥याएको छ । महासंघले यस विषयमा ठोस कदम चालोस् ।“
शर्माको विवरण अनुसार, यो प्रकरणमा राज्यस्रोतको दुरुपयोग गरिएको छ, र पत्रकारितामाथिको दमनको स्वरूपलाई महासंघले गम्भीरतापूर्वक लिएर समाधान गर्नुपर्ने आवश्यकता रहेको छ ।
 

प्रतिक्रिया

Sonakshi Matip

२0८१ माघ १५ गते ८:३९

+14724293779

  • 7 Replies
  • 0 Likes
  • 0 Dislikes

Carlisia Rauhansalo

२0८१ माघ १७ गते २:३१

+15056489118

  • 0 Likes
  • 0 Dislikes

Carlisia Rauhansalo

२0८१ माघ १७ गते २:३१

+15056489118

  • 0 Likes
  • 0 Dislikes

Carlisia Rauhansalo

२0८१ माघ १७ गते २:३१

+15056489118

  • 0 Likes
  • 0 Dislikes

Carlisia Rauhansalo

२0८१ माघ १७ गते २:३१

+15056489118

  • 0 Likes
  • 0 Dislikes

Carlisia Rauhansalo

२0८१ माघ १७ गते २:३१

+15056489118

  • 0 Likes
  • 0 Dislikes

Carlisia Rauhansalo

२0८१ माघ १७ गते २:३१

+15056489118

  • 0 Likes
  • 0 Dislikes

Carlisia Rauhansalo

२0८१ माघ १७ गते २:३१

+15056489118

  • 0 Likes
  • 0 Dislikes

Sonakshi Matip

२0८१ माघ १५ गते ८:३९

+14724293779

  • 0 Replies
  • 0 Likes
  • 0 Dislikes

Sonakshi Matip

२0८१ माघ १५ गते ८:३९

+14724293779

  • 0 Replies
  • 0 Likes
  • 0 Dislikes

Sonakshi Matip

२0८१ माघ १५ गते ८:३९

+14724293779

  • 0 Replies
  • 0 Likes
  • 0 Dislikes

Sonakshi Matip

२0८१ माघ १५ गते ८:३९

+14724293779

  • 0 Replies
  • 0 Likes
  • 0 Dislikes

Sonakshi Matip

२0८१ माघ १५ गते ८:३९

+14724293779

  • 0 Replies
  • 0 Likes
  • 0 Dislikes

Sonakshi Matip

२0८१ माघ १५ गते ८:३८

+14724293779

  • 0 Replies
  • 0 Likes
  • 0 Dislikes