अवलोकित समाचारदाता
कञ्चनपुर,मंसिर २२ गते । सप्तरी जिल्लामा सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड मात्रै यस्तो सहकारी संस्था हो जसले आफ्नो शेयर सदस्यको मृत्यु पश्चात निजको परिवारलाई २५ हजार क्रियाखर्च उपलब्ध गराउँदै आएको छ ।
पछिल्लो पटक संस्थाका शेयर सदस्य स्वर्गीय डोमी प्रसाद गुप्ताका परिवारलाई क्रिया खर्च वापत २५ हजार रकम सहयोग गरेको छ । गुप्ताको गत मंसिर १४ गते मृत्यु भएको थियो ।
सहकारी संस्थमा हुनेखाने वर्गको पहुँच मात्रै स्थापित भएको चर्चा चलिरहदा संस्थाले गुप्ताका परिवारलाई शनिबार घरमै गएर उक्त सहयोग गरेको हो । शोकाकूल परिवारलाई सानत्वना दिन संहयोगीका टिमै स्वर्गीय गुप्ताको घर पुगेको थियो ।
संस्थाका अध्यक्ष अनोज यादबले गुप्ताका छोरा अरुण गुप्तालाई २५ हजार रकम हस्तान्तरण गरेको थियो । रकम हस्तान्तरण पश्चात अध्यक्ष अनोज यादबले सहकारी संस्थामा आबद्ध शेयर सदस्यको मृत्यु भएपछि निजको परिवारलाई क्रिया खर्च वापत २५ हजार रकम दिने संस्थाको नीति अनुसार सहयोग गरेको बताए ।
जिल्लामा सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड मात्रै यस्तो सहकारी हो जसले आफनो शेयर सदस्यको लागि परोपकारी नीति अख्तियार गरेको छ ।
संस्थाका अध्यक्ष यादबले सहकारीमा आवद्ध शेयर सदस्यहरुका परिवारलाई थोरै भएपनि राहत हुने भएकोले यस्तो नीति अख्तियार गरेको बताए । संस्थामा दुई हजार एक सय भन्दा बढी शेयर सदस्य रहेको अध्यक्ष यादबले जनाए । यसअघि संस्थाले मधेश आन्दोलनका शहीद परिवारलाई समेत सहयोग गरेर समाजिक उत्तर दायित्व निर्वाह गरेका थिए ।
प्रतिक्रिया