कञ्चनपुर, फागुन १ गते ।
सप्तरी जिल्लाको विभिन्न स्थानहरूमा २०८१ माघ १२ देखि माघ २१ गतेसम्म आयोजित निशुल्क आँखा जाँच र मोतिबिन्दु छनोट शिविरमा २,४५० भन्दा बढी बिरामीको निःशुल्क आँखा परीक्षण गरिएको थियो । यस शिविरको मुख्य उद्देश्य मोतिबिन्दु र अन्य नेत्र रोगहरूको पहिचान र उपचार प्रदान गर्नु थियो । शिविरको लागि बिरामीहरूको छनोट हस्पिटल र स्वास्थ्य केन्द्रहरूमा गरिएको थियो र ती बिरामीलाई आवश्यक उपचार प्राप्त गर्नका लागि स्थानिय अस्पतालहरूमा ल्याइएको थियो ।
२०८१ माघ २८ देखि माघ ३० गतेसम्म तिलगंगा आँखा प्रतिष्ठानका नेत्र रोग विशेषज्ञहरूको टोलीद्वारा ५७५ जनाको मोतियाबिन्दु शल्यक्रिया र ३ जनाको आँखामा मासु पलाएको शल्यक्रिया निशुल्क गरिएको हो । शल्यक्रियाका लागि बिरामीहरूलाई तिलगंगा कन्चनरुप सर्जिकल आँखा केन्द्र रुपनगर र कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रमा ल्याएर उपचार प्रदान गरिएको थियो ।
यस शिविरको सञ्चालन वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. रोजिता पराजुलीको नेतृत्वमा सम्पन्न भएको थियो । यसमा डा. कौशल पोखरेल, डा. मोहिनी श्रेष्ठ, डा. सुजा गुरुङ लगायतका अन्य विशेषज्ञहरू संलग्न थिए । तिलगंगा आँखा प्रतिष्ठानको प्रोजेक्ट अफिसर हस्त राईको समन्वयमा तिलगंगा कन्चनरुप सर्जिकल आँखा केन्द्रका नेत्र रोग विशेषज्ञहरूको एक टोलीले शल्यक्रिया शिविर सफलतापूर्वक सम्पन्न ग¥यो ।
यस शिविरको आयोजना तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा कन्चनरुप सर्जिकल आँखा केन्द्र, कन्चनरुप नगरपालिका, र कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रको संयुक्त सहकार्यमा गरिएको थियो । शिविरको लागि आर्थिक सहयोग ऋगचभ द्यष्लिमलभकक एचयवभअतले प्रदान गरेको थियो ।
शिविर अवधिभर बिरामीहरूको सुविधाका लागि विभिन्न संघसंस्थाहरूको महत्त्वपूर्ण योगदान रहेको थियो । रुपनगर आँप उत्पादक समूहले रात्रीबासको व्यवस्था गरेको थियो भने, कन्चनरुप नगरपालिका वडा नं. ९ कार्यालयको समन्वयमा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरूले स्वयंसेवक व्यवस्थापन गरेका थिए । कन्चनरुप नगरपालिकाका मेयर र उपमेयरको तर्फबाट बिरामीहरूलाई खिचडी भोजन प्रदान गरिएको थियो, जसले गर्दा बिरामीहरूलाई आवश्यक पोषण र आराम प्राप्त गर्न सजिलो भएको थियो । पिउने पानीको व्यवस्था मिथिला होटल एन्ड पार्टी प्यालेसले गरेको थियो ।
शिविरको सफलता र व्यवस्थापनमा स्थानिय बुद्धिजीवी, समाजसेवी, जनप्रतिनिधि, युवा, पत्रकार र नेपाल प्रहरी लगायतका विभिन्न समुदायका व्यक्तिहरूको महत्वपूर्ण भूमिका थियो । स्थानिय युवाहरूको सकृय सहभागिताले शिविरलाई व्यवस्थित र सहज बनाउन मद्दत पु¥याएको थियो, जसले बिरामीहरूको लागि सेवा प्रदान गर्न ठूलो सहयोग पु¥यायो ।
तिलगंगा आँखा प्रतिष्ठान र तिलगंगा कन्चनरुप सर्जिकल आँखा केन्द्रले लामो समयदेखि ग्रामीण भेगका आँखा बिरामीहरूको लागि निःशुल्क सेवा प्रदान गर्दै आइरहेको छ । यस शिविरबाट उपचार पाएका बिरामीहरूले आफ्नो दृष्टि पुनः प्राप्त गर्न सकेकोमा खुशी व्यक्त गरेका छन् । शिविरमा सहभागी हुने प्रत्येक बिरामीले आफना आँखाहरूमा भएको समस्या समाधान गर्न पाएको र आँखाको दृष्टि पुनः प्राप्त गर्ने मौका पाएकोमा अत्यन्तै खुशी व्यक्त गरे । आयोजक संस्थाहरूले भविष्यमा यस्ता सेवाहरू निरन्तर प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्, जसले गर्दा समुदायमा आँखा रोगका विरुद्ध जागरूकता फैलाउने र सेवा वितरणका स्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया