राससको ६४औँ वार्षिकोत्सव : समावेशी पत्रकारिताको प्रवर्द्धनमा विशेष जोड

...

राजविराज (सप्तरी), ५ फागुन । राष्ट्रिय समाचार समिति (रासस) को ६४औँ वार्षिकोत्सव आज राजविराजमा सम्पन्न भएको छ।

रासस जिल्ला कार्यालय राजविराज शाखाले नेपाल पत्रकार महासंघको सभाहलमा आयोजना गरेको कार्यक्रममा राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत प्रविनले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो।

समावेशी पत्रकारिताको विकासमा राससको भूमिकासम्बन्धी अन्तरक्रियामा कार्यवाहक नगरप्रमुख प्रविनले राससले समावेशी समाचार सम्प्रेषण गर्न थालेपछि आमजनता खुशी भएको बताउनुभयो। उहाँले स्थानीय तहमा भइरहेको काम तथा विभेदसम्बन्धी समाचारहरू प्रसारण गर्नुपर्नेमा जोड दिँदै सूचनाको प्रवाह नगरपालिकाका लागि सहयोगी हुने उल्लेख गर्नुभयो। साथै, समावेशी सञ्चारको लागि समाचार कक्ष, सम्पादकीय नीति तथा नीति निर्माणमा राज्यका निकाय र सञ्चार संस्थाहरू एकजुट भएर लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहालले निष्पक्ष, स्वच्छ र समावेशी समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो। मैथिली साहित्य परिषद्का अध्यक्ष अवधेश कुमार झाले राससमा समावेशी बुलेटिनको थालनी भएकाले आगामी दिनमा सबै भाषा–भाषीको प्रतिनिधित्व हुनुपर्ने बताउनुभयो।

श्रमजीवी पत्रकार ऐनअनुसार राससमा कार्यरत स्थानीय समाचारदाताहरूलाई पारिश्रमिक उपलब्ध गराउनुपर्ने र पेशागत पत्रकारिताको विकासका लागि योग्य पत्रकारलाई मात्र राससको समाचारदाता बनाउनु उपयुक्त हुने उहाँको धारणा थियो। मैथिली भाषामा समाचार प्रकाशन गरेकोमा धन्यवाद दिँदै उहाँले समावेशी पत्रकारितालाई अझ प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो।

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रवणकुमार देवले पछिल्लो समय युट्युबरहरूका कारण पत्रकारिता बदनाम भइरहेको भन्दै पत्रकार आचारसंहिता पालना गर्दै अनुशासनयुक्त पत्रकारिता गर्न आग्रह गर्नुभयो। पूर्व अध्यक्ष मुरलीप्रसाद यादवले सञ्चारकर्मीहरूले मुलुकको विविधता, पहिचान र अधिकारलाई स्वीकार्ने दृष्टिकोण राख्नुपर्ने बताउनुभयो। लामो समयदेखि पारिश्रमिक नपाएका कारण पत्रकारहरू अन्य पेशातर्फ आकर्षित हुन थालेको भन्दै उहाँले सरकारलाई यस विषयमा ध्यान दिन आग्रह गर्नुभयो।

पूर्व अध्यक्ष विष्णुप्रसाद मण्डलले सञ्चारमाध्यमलाई समावेशी बनाउनुको विकल्प नभएको बताउँदै राज्यका स्रोत–साधनमा सबै जाति, भाषा र समुदायको समान पहुँच हुनुपर्ने विचार राख्नुभयो। सिरहाका रासस प्रमुख सुदीप राउतले राससले विविध भाषा, संस्कृति र इतिहासलाई समेट्दै सकारात्मक पत्रकारिता सिकाएको बताउनुभयो।

कार्यक्रम रासस जिल्ला कार्यालय प्रमुख शम्भु प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वरिष्ठ पत्रकार अनिल कुमार अनल, जिसस सप्तरीका उपप्रमुख शम्भु यादव, जसपा नेपालका जिल्ला अध्यक्ष केदार यादव, भाषाविद् डा. सूर्यनारायण यादव, प्रेस चौतारी अध्यक्ष डम्बर राई, आदिवासी जनजाति पत्रकार महासंघ अध्यक्ष कृष्णा मण्डल, सामाजिक अभियन्ता राजेश बिद्रोही लगायतले शुभकामना व्यक्त गरेका थिए।

स्वागत मन्तव्य राससकर्मी अरुण कुमार यादवले दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन उमेश साहले गर्नुभएको थियो। यसैबीच, पूर्व राससकर्मी तथा वरिष्ठ पत्रकारलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ।

प्रतिक्रिया

Khayman Bumpstead

२0८१ फाल्गुन ६ गते ९:५२

+19317922675

  • 0 Replies
  • 0 Likes
  • 0 Dislikes

Khayman Bumpstead

२0८१ फाल्गुन ६ गते ९:५२

+19317922675

  • 0 Replies
  • 0 Likes
  • 0 Dislikes

Khayman Bumpstead

२0८१ फाल्गुन ६ गते ९:५२

+19317922675

  • 0 Replies
  • 0 Likes
  • 0 Dislikes

Khayman Bumpstead

२0८१ फाल्गुन ६ गते ९:५२

+19317922675

  • 0 Replies
  • 0 Likes
  • 0 Dislikes

Khayman Bumpstead

२0८१ फाल्गुन ६ गते ९:५२

+19317922675

  • 0 Replies
  • 0 Likes
  • 0 Dislikes

Khayman Bumpstead

२0८१ फाल्गुन ६ गते ९:५२

+19317922675

  • 0 Replies
  • 0 Likes
  • 0 Dislikes

Khayman Bumpstead

२0८१ फाल्गुन ६ गते ९:५२

+19317922675

  • 0 Replies
  • 0 Likes
  • 0 Dislikes