विद्युत् पोलमा तारसमेत जडान गरिएको हुँदा झुकेको पोल जोखिमपूर्ण बन्न सक्ने चिन्ता स्थानीयबासीहरूले व्यक्त गरेका छन्। स्थानीय निवासी रमेश यादवका अनुसार, “हामी अचम्मित छौँ कि जम्मा २ महिना मात्र भएको पोल यसरी किन झुक्यो? सम्भवतः कम गहिराइमा गाडिएकै कारण यस्तो भएको हो।”
स्थानीयहरूका अनुसार, पोल गाड्दा पर्याप्त गहिराइमा नराखिएको वा उचित मापदण्ड नअपनाइएका कारण कमजोर बनेको हुनसक्छ। यदि समयमा नै मर्मत नगरिए, पोल ढल्ने सम्भावना छ, जसले ठूला दुर्घटना निम्त्याउन सक्छ। झुकेको पोलका कारण बाटो हिँड्नसमेत समस्या हुन थालेको छ भने बालबालिका र सर्वसाधारणलाई करेन्ट लाग्ने जोखिम रहेको बताइन्छ।
दुर्घटनाको सम्भावना, स्थानीयको माग
झुकेको पोलकै कारण विद्युत् प्रवाहमा समस्या आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै स्थानीयहरूले विद्युत् प्राधिकरण र नगरपालिकालाई तत्काल समस्या समाधान गर्न माग गरेका छन्।
पंडित टोलका एक अन्य स्थानीय हरीश महतो भन्छन्, “हामीले विद्युत् प्राधिकरणमा जानकारी गराइसकेका छौँ। यदि छिटो कदम चालिएन भने पोल ढलेर दुर्घटना हुनसक्छ। नगरपालिकाले पनि यसलाई गम्भीर रूपमा लिनुपर्छ।”
स्थानीयबासीहरूले यथाशक्य चाँडो मर्मत गर्न अनुरोध गर्दै ढिलाइ भए ठूलो दुर्घटनाको जोखिम रहेको चेतावनी दिएका छन्। यसबारे नगरपालिका र विद्युत् प्राधिकरणले के प्रतिक्रिया जनाउँछ भन्ने विषयमा सबैको चासो रहेको छ।
प्रतिक्रिया