सहयोगीको सञ्चालक समितिको अध्यक्षमा पुनः यादव

  • मंसिर २८, २0७६
  • 0
...

अवलोकित समाचारदाता
कञ्चनपुर,मंसिर २८ गते ।
सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुन ः अनोजकुमार यादब सर्वसहमतले चयन भएको छ ।
संस्थाको शुक्रबार सम्पन्न १२ औं साधारणसभाको बन्द सत्रले पुन : यादबलाई संचालक समितिको अध्यक्षमा चयन गरेको हो । त्यस्तै संस्थाको उपाध्यक्षमा संजय कुमार खडका, सचिवमा सोभाकान्त गुप्ता, कोषाध्यक्षमा सुजेन्द्र प्रसाद माझि चयन भएका छन । सञ्चालक समितिका सदस्यहरुमा महेश कुमार गुप्ता, अर्जुन कुमार पजियार, अर्चना गुप्ता, निरोज कुमार कुसियैत यादव र मनमोहन साह चयन भएका छन । 
    त्यस्तै लेखा समिति संयोजकमा शत्रुघन प्रसाद विराजी र सदस्यहरुमा अमित यादव र घनानन्द यादव चयन भएका छन । 
    अध्यक्ष यादबले संस्थालाई नयाँ उचाईमा लगेको र दिनरात एक गरेर थप मजबुत बनाउने पहल गरीरहेकोले पुन ः सर्वसहमत रुपमा अध्यक्षमा चयन गरिएको जनाइएको छ ।
    चालु आर्थिक वर्षमा संस्थाको कारोबार २० करोड पु¥याउने र समाजिक उत्तरदायित्व अन्तगर्त संस्थाका शेयर सदस्यहरुका लागि विभिन्न सहायता गर्ने योजना अध्यक्ष यादबले अघि सारेको   छ ।
    संस्थाका कुनै पनि सदस्यको मृत्यु भएपपछि २५ हजार क्रिया खर्च,घाईते भएमा ५ हजार उपचार खर्च,आगलागी  वा चट्याङ्गबाट घाईते भएमा ५ हजार रकम सहयोग गर्ने र संस्थामा आवद्ध सद्यसय सुत्केरी भएमा पोषिटक आहार सहयोग गर्ने योजना अध्यक्ष यादबले अघि सारेको हो ।

प्रतिक्रिया