कञ्चनपुर, फागुन ९ गते ।
सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका वार्ड नं. २ का अध्यक्ष मेहेदी हुसेन शेखलाई ५ दिनका लागि कार्यबाहक उप–मेयरको जिम्मेवारी प्रदान गरिएको छ ।
नगरपालिकाका उप–मेयर मुना पोखरेल हाल भारतको प्रयागराजस्थित कुम्भ मेलामा स्नान गर्न गएकाले उनको अनुपस्थितिमा अध्यक्ष शेखलाई सो जिम्मेवारी दिइएको हो । नगर प्रमुखसहित सम्बन्धित निकायहरूको निर्णयअनुसार, अध्यक्ष शेखले फागुन ९ गतेदेखि फागुन १४ गतेसम्म कार्यबाहक उप–मेयरको भूमिका निर्वाह गर्नेछन् ।
उप–मेयर पोखरेल फागुन १४ गते नेपाल फर्किएपछि पुनः आफ्नो पदभार ग्रहण गर्नेछिन् ।
नगरपालिकाका अध्यक्ष शेखका अनुसार, नगरपालिकाको दैनिक प्रशासनिक कार्य सुचारु राख्न तथा स्थानीय प्रशासनिक प्रक्रियालाई सहज बनाउने उद्देश्यले यो निर्णय गरिएको हो । यस सम्बन्धमा सम्बन्धित निकायहरूलाई आधिकारिक रूपमा जानकारी गराइसकिएको छ ।
प्रतिक्रिया