लागत अनुपातमा उब्जाऊ नहुने भएको कारण खेती छोड्ने संख्यामा बृद्धि कञ्चनरुप नगरपालिकामा अर्गानिक मल कारखाना बनाउने मन्त्री साहको प्रतिबद्धता

  • मंसिर २८, २0७६
  • 0
...

अवलोकित समाचारदाता
कञ्चनपुर,मंसिर २८ गते । प्रदेश नं.२ का भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले कञ्चनरुप नगरपालिकामा अर्गानिक मलको कारखाना यसै वर्ष संचालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
    सप्तरीको कञ्चनरुप नगरपालिका ८ कञ्चनपुर बेरियर स्थित सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शुक्रबार बालबोध माबिमा आयोजित १२ औं साधारणसभाका प्रमुख अथितिको आसन्नबाट बोल्दै मन्त्री साहले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । लागत अनुसार प्रतिफल नआएपछि खेती गर्न छोड्नेको संख्यामा बृद्धि भइरहेको बताउँदै मन्त्री साहले चालु आर्थिक वर्षमै प्रदेश सरकारबाट अर्गानिक मलको कारखाना बनाउने बताउँदै प्रदेश २ सरकारले प्रदेश २मा सहकारी ऐन दर्ता भएको बताउँदै उक्त ऐन सहकारी मैत्री रहेको दावी गरेका छन् ।
    प्रदेश सरकारको नीति तथा कार्यक्रमले कृषि,उद्योग र पर्यटनलाई प्राथमिकता दिउको बताउँदै कृषि प्रधान देशभएपनि अर्बोको कृषिजन्य खाद्यान्य आयात गर्नुपर्ने अवस्था रहेको बताए । सहकारीले ३० प्रतिशत लगानी कृषि क्षेत्रमा लगाउनुपर्ने कानुनी व्यवस्था भइरहेको बताउँदै मन्त्री साहले एकिकृत रुपमा सामुहिक खेतीमा जोडदिनु पर्ने बताए ।
    ‘राज्यले कृषिलाई कहिले पनि प्राथमिबता नराखेको कारण मलको अभाव र बिऊको अभाव हुने गरेको छ ।’ मन्त्री साहले कृषिमा लागत अनुसार प्रतिफल नआएको कारण कृषि छोड्ने दर बढीरहेको बताए । 
    प्रदेश सरकार खेत–खेतमा पानी घर–घरमा रोजगारीको सिर्जना गर्ने मुख्य योजना अघि सारेको बताउँदै प्रदेश २ सरकार कृषिमा अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना अनुसार काम गरिरहेको बताए ।
    कम्पोष्ट मललाई बिस्थापित गरी प्रारिङ्ग मललाई प्राथमिकता दिन आग्रह गर्दै साना किसानको लागि समेत प्रदेश सरकारले योजना ल्याएको बताउँदै मन्त्री साहले ५ हजार स्यालो टुवेल वितरण गर्ने योजना बनाएको बताए ।
सहयोगीका अध्यक्ष अनोज यादबको अध्यक्षतामा आयोजित कार्यक्रममा ईलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी मकेन्द्र मिश्र,नेपाल बैक लिकिटेड कञ्चनपरका हाखा प्रबन्धक भुवनेश यादव,तिरहुत गाउँपालिकाका अध्यक्ष हेमन्त बहरखेर, वडा नं.१ का वडाध्यक्ष शिव नारायण महतो,कञ्चनरुप नगरपालिका वडा नं.५का वडाध्यक्ष कैलाश कुमार साह, वडा नं.७ का वडाध्यक्ष हरि कृष्ण महतो, वडा नं.१०का वडाध्यक्ष दिलिप कुमार चौधरी,पुर्व सभासद् सूर्यनारायण यादव(सुभाष) लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया