मन्त्री नवल किशोर साहद्वारा दुई ओटा सडक र दुई ओटा विद्यालय भवन शिलान्यास

...

कञ्चनपुर,फागुन ११ गते ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर साहले सप्तरी जिल्लामा दुई ओटा सडक र दुई ओटा विद्यालय भवनको शिलान्यास गर्नुभएको छ।

हनुमाननगर कंकालिनी नगरपालिका–९ मा महावीर चोकस्थित भगवती स्थानदेखि हनुमान मन्दिरको गेटसम्मको सडक निर्माणका लागि भौतिक मन्त्रालयबाट १ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। शनिबार आयोजित कार्यक्रममा मन्त्री साहले सो सडक निर्माण कार्यको शिलान्यास गर्नुभयो।

यसैगरी, सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–६ महुली ९मोहनपुर० पक्की सडकको निर्माण कार्य शुभारम्भ गर्न मन्त्री साहले भूमि पूजन गर्नुभयो।

सडक निर्माणसँगै मन्त्री साहले दुई ओटा विद्यालय भवनको शिलान्यास पनि गर्नुभयो। हनुमाननगर कंकालिनी नगरपालिका–९ स्थित महावीर उच्च माध्यमिक विद्यालयमा थप भवन निर्माणका लागि १ करोड रुपैयाँ बजेट उपलब्ध गराइएको छ।

त्यस्तै, सप्तकोशी नगरपालिका–२ को गोवर्द्धन बैरागी जनता माध्यमिक विद्यालयको नयाँ भवन निर्माण कार्यको शिलान्यास शनिबार सम्पन्न भयो। उक्त कार्यक्रम वडा अध्यक्ष जहुरको अध्यक्षता तथा मन्त्री साहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। विद्यालयका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री साहले जानकारी दिनुभयो।

शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, विद्यालय प्रशासन, अभिभावक तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो। मन्त्री साहले विकास योजनाहरूलाई निरन्तर अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया