अवलोकित समाचारदाता
कञ्चनपुर,मंसिर २९ गते । कञ्चरुप नगरपालिका ६ जमुवा स्थित कोशि टप्पु वन्यजन्तु आरक्षमा खर खडाई काटन गएको एक महिलाको बन्देलको आक्रमणबाट शनिवार मृत्यू भएको छ । जमुवा बस्ने मिनाई सदाको श्रीमती वर्ष ३५ की सिता देवी सदाको मृत्यू भएको हो । करिब २ बजेको समयमा कोशि टप्पु वन्यजन्तु आरक्षमा खरखडाई काटन गएको अवस्थामा बँदेलको आक्रमणमा परेकी थिइन । बन्देलले सदाको घाँटीमा दारा गारी गम्भीर घईते बनाए पछि उपचारका लागि धर्मेश्वर हस्पिटल धरमपुर लैजादै क्रममा बाटो मै मृत्यू भाएकोईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
सदाकी २ छोरा १ छोरी रहेको र श्रीमान रोजगारका लागि काठमाण्डौमा रहेको मृतक परीवारले जनाएको छ । शवलाई गजेन्द्र नारायण सिंह अञ्चल स्पताल राजविराज पोष्टमाईटमका लागि पठाएको प्रहरीले जानकारी दिएका छन ।
प्रतिक्रिया