जनकपुरधाम, फागुन २२ – जनकपुरधाम उपमहानगरपालिका-६ स्थित न्यू जनकपुर गेस्ट हाउसमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
प्रादेशिक अस्पतालको ठीक अगाडि रहेको उक्त गेस्ट हाउसको कोठा नम्बर ३०१ मा अन्दाजी ४० वर्षीय पुरुष मृत भेटिएका हुन्। धनुषा प्रहरीले दिएको जानकारीअनुसार मृतक महोत्तरीको पिपरा गाउँपालिका-७ निवासी सागर चौधरी रहेको खुलेको छ।
प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहका अनुसार, आज दिउँसो ३ बजे गेस्ट हाउस सञ्चालकले चौधरी मृत फेला परेको जानकारी गराएका थिए।
सागर चौधरी दुई जनासँग गेस्ट हाउस पुगेका भए पनि उनीसँग रहेका अन्य व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ। गेस्ट हाउसका एक कर्मचारीका अनुसार, चौधरी बसेको कोठा सिरहाको मिर्चैयाका अमित साहको नाममा बुक गरिएको थियो। यस घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया