किशाेर पासवान
कञ्चनपुर, मंसिर ३० गते । कञ्चनरुप नगरपालिका ८ स्थित ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले यातायात प्रालिका पदाधिकारीहरु सँग शनिवार अन्तरक्रीया कार्यक्रम गरेको छ । ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरको आयोजना तथा ईलाका प्रहरी कार्यालय कञ्चनपुर कार्यालाय प्रमुख डिएसपी मकेन्द्र कुमार मिश्रको प्रमुख आतिथ्यमा यातायात प्रालि पदाधिकारीहरु संग अन्तरक्रीया कार्यक्रम गरिएको हो ।
इप्रकाका प्रमुख डिएसपी मिश्रले कञ्चनपुर बेरियरमा अटोरिक्साहरु अव्यवस्थित तरीकाले पार्किङ गरेर राख्ने गरेको हुदा दुर्घटनालाई निम्तीयाउन सक्ने बताउदै त्यसलाई सहि ठाउँमा पार्किङ्ग गर्न अटोरिक्सा चालकहरुलाई आग्रह गरेका थिए । डिएसपी मिश्रले अटोरिक्सा चलाउनु भन्दा अगाडि लाईसेन्स लिनु पर्ने अति नै अवश्यक रहेको बताए । डिएसपी मिश्रले कञ्चनरुप नगरपालिका अन्तर्गतको बरमझीया राजमार्गको छेउ छेउमा होडिङबोर्डहरु लगाएकोले त्यसलाई प्रहरीले पटकपटक हटाए पनि स्थानियहरुले पुनः लगाउने गरेको बताए ।
कञ्चनरुप होडिङबोर्ड हटाउने नगरपालिकाको काम भए पनि नगरपालिकाले कुनै पहल नगरेको डिएसपी मिश्रको भनाई थियो । यस भन्दा अगाडि हुडिङ्गबोडहरु हटाएको र लाईसन्स बेगरको गाडि नचलाउन सबैलाई आग्रह गरे पनि अटेर गरेकोले अव कार्यवाही गर्न प्रहरी वाध्य हुने बताए । कार्यक्रममा सगरमाथा साझा यातायात प्रालि, रुपनगर अटो प्रालि,कञ्चनपुर अटो तथा टेम्पु यातायात प्रालि, माँ भगवती यातायात प्रा.लि.का अध्यक्ष लगायत पदाधिकारीहरु, जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथका कार्यालय प्रमुख निरिक्षक उत्तम कार्की संचारकर्मी लगायतका उपस्थितमा भएको थिए ।
प्रतिक्रिया