सप्तरीमा जसपा नेपालमा सयौं जनाको प्रवेश, एमाले र काँग्रेसका कार्यकर्ताहरू पार्टी परित्याग गरेर सामेल

...

कञ्चनपुर, चैत्र ३ गते ।
सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर ५ स्थित लोहजरामा आइतबार नेकपा एमाले र नेपाली काँग्रेसका सयौं कार्यकर्ताहरू जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रवेश गरेका छन् । यस कार्यक्रमलाई जसपा नेपाल तिरहुत गाउँपालिकाले आयोजना गरेको थियो, जहाँ बृहत पार्टी प्रवेश समारोहका बीच पार्टी परित्याग गरेर कार्यकर्ताहरू जसपा नेपालमा सामेल भएका थिए ।
आयोजित कार्यक्रममा नेकपा एमालेका तिरहुत गाउँपालिका वडा नम्बर ५ का अध्यक्षका प्रत्याशी उम्मेदवार नाेखेलाल मण्डल र मावि मैनाकडेरीका अध्यक्ष लक्ष्मण खंगको नेतृत्वमा ५ सयभन्दा बढी स्थानीय नेताकार्यकर्ताहरू जसपा नेपालमा सामेल भएका हुन् ।
यस अवसरमा जसपा नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव, केन्द्रीय सचिब एवम् मधेस प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, केन्द्रीय प्रवक्ता एवम् प्रदेश सभा सदस्य मनिष सुमन, केन्द्रीय सदस्य एवम् प्रदेश सदस्य अनिरुद्व प्रसाद सिंह यादव, मधेस प्रदेश कार्यकारिणी सदस्य दिनेश कुमार यादव लगायतका पार्टीका केन्द्रीय र प्रदेशका उच्च नेतृत्वहरूले नवप्रवेशीहरूलाई माला, टीका र गम्छा ओढाएर स्वागत गरेका थिए ।
यसैगरी, जसपा नेपाल तिरहुत गाउँपालिका उपाध्यक्ष राजराम यादवको अध्यक्षतामा कार्यक्रमको सञ्चालन गरिएको थियो, र स्वागत भाषण सप्तरी निर्वाचन क्षेत्र १ का अध्यक्ष एवम् तिरहुत गाउँपालिकाका वर्तमान अध्यक्ष हेमन्त कुम्मर बहडखेर (मनोज) ले गरेका थिए ।
कार्यक्रमको दौरान, जसपा नेपालका नेता शैलेन्द्र प्रसाद साहले पार्टीको नयाँ सदस्यहरूलाई आगामी चुनौती र अवसरहरूको बारेमा जानकारी दिएका थिए, भने उपेन्द्र यादवले पार्टीका गतिविधिहरूलाई थप सशक्त र प्रभावकारी बनाउनका लागि नवप्रवेशीहरूको सक्रियता आवश्यक रहेको कुरा जनाए ।
यो बृहत पार्टी प्रवेश कार्यक्रममा जसपा नेपालले आगामी स्थानीय चुनावहरूमा पार्टीको प्रभावलाई बलियो बनाउने उद्देश्य राख्दै, नयाँ सदस्यहरूको स्वागत र समायोजनका लागि विशेष कदम चालिरहेको स्पष्ट पारेको छ ।
 

प्रतिक्रिया