मोरङमा आगलागीः ४ वर्षीया बालिकाको ज्यान गयो, ८ घर पूर्णरूपमा नष्ट

...

विराटनगर, चैत्र ५ गते ।
मोरङको धनपालथान गाउँपालिकामा भयावह आगलागी हुँदा एक बालिकाको जलेर मृत्यु भएको छ ।
धनपालथान–६ कदमा गाउँमा मंगलबार दिउँसो अचानक सुरु भएको आगलागीले अनित मियाकी ४ वर्षीया छोरी रेश्मा खातुनको ज्यान गएको प्रहरीले जनाएको छ । बालिकाको शव घटनास्थलमा फेला परेको छ ।
प्रहरीका अनुसार आगलागीले हालसम्म ८ घर पूर्णरूपमा जलेर नष्ट भइसकेका छन् । चर्को घाम, हावाहुरी र बाक्लो बस्तीका कारण आगो नियन्त्रणमा कठिनाइ भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
उद्धार र आगो नियन्त्रणको प्रयास स्थानीय बासिन्दा, प्रहरी र दमकल टोलीले गरिरहेका छन् । आगलागीको कारण खुल्न बाँकी छ ।
 

प्रतिक्रिया