सिरहामा दलित बालिकामाथि सामुहिक बलात्कार, मियाँ दाजुभाईसहित दुई महिला फरार !

...

सिरहा, चैत्र ६ गते ।
सिरहाको नरहा गाउँपालिका वडा नम्बर ५ तिलकपुर टोलकी १५ वर्षीय एक बालिकामाथि बलात्कार भएको घटनचा बाहिरिएको छ । 
केही दिन अगाडी सिरहामा दलित युवतिमाथि बलात्कारको घटना र आत्महत्याको घटना नसेलाउँदै पुनः एक सदाय समुदायकी बालिकामाथि दुई युवकले बलात्कार गरी भागेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 
पीडित बालिका फागुन २७ गते छिमेकी गाउँमा श्रम (काम) गर्न गएकी थिइन् । काम सकेर घर फर्किने क्रममा उनीसँग गएका दुई महिलाले उनलाई रोक्न खोजे । बालिकाले घर जान जिद्दी गरे पनि ती महिलाले पख–पख भन्दै रोके । सोही बेला नरहा गाउँपालिका वडा नम्बर ५ बलुवा टोलका साहिद मियाँ र सोबाहन मियाँ आएर जबरजस्ती ती बालिकालाई लिएर गएको प्रत्यदर्शीलाई उदृत गर्दै प्रहरीले जनाएको छ । 
बालिकाले जान अस्वीकार गरेपछि साहिद मियाँले उनको हात समातेर खेततर्फ लगे । त्यहाँ लगेर साहिद र सोबाहनले पालैपालो जबरजस्ती करणी गरेको पीडित बालिकाले बताएकी छन् । 
घटनापछि बालिका डरले परिवारका सदस्यलाई केही बताउन सकेकी थिइनन् । तर, श्रम गर्न गएका ती महिलाले बालिकालाई रक्सी खुवान आग्रह गरे नत्र घटना गाउँमा सुनाइदिने धम्की दिएको बताईएको छ । बालिकाले घटना घरमा सुनाएपछि मात्र बाहिरिएको हो । 
गाउँमा कुरा फैलिएपछि पीडित बालिकाकी भाउजु अनिता सदायले उनलाई सोधपुछ गर्दा पूरा घटनाबारे जानकारी दिएकी थिइन् । भाउजुले घटना थाहा पाइसकेपछि जिल्ला प्रहरी कार्यलय सिरहामा दुई जना महिला र मियाँ दाजुभाईमाथी उजुरी गरेका छ्न ।अहिले चारैजना फरार छ्न । 
यस विषयमा जिल्ला प्रहरी कार्यलय सिरहाका एसपी रमेश पण्डितले मुद्धा दर्ता भइसकेको जानकारी दिए । एसपी पाण्डितले भने,“पीडितले दिएको उजुरी अनुसार उनिहरुमाथी पक्राउ पुर्जी जारी भइसकेको छ ।” प्रहरीले ति ब्यक्तीहरुको खोजतलास गरिरहेको एसपी पाण्डितले बताए । साभारः न्यूज ब्यूरो
 

प्रतिक्रिया