राजविराज, चैत ७ गते – सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरबाट बिहीवार लागूऔषधसहित एक महिला र एक पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ बस्ने २६ वर्षीय मुम्ताज मिया र देवानगञ्ज गाउँपालिका–१ की २५ वर्षीया तिलो कुमारी यादव रहेका छन्।
सप्तकोशी नगरपालिका–१ शान्तिनगर टोलस्थित प्रकाश गुप्ताको घरमा डेरा गरी बस्दै आएका उनीहरूलाई लागूऔषधसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका मिया र यादवको साथबाट नाइट्रोजन ट्याब्लेट (IP 10 ग्राम) १४ पत्ता (कुल १४० पिस) तथा कोडाइन फोस्फेट एण्ड ट्रामाडोल सिरप (१०० एमएल) ४ बोतल फेला परेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए।
डिएसपी बस्नेतका अनुसार “उनीहरूलाई इलाका प्रहरी कार्यालय कंचनपुरको हिरासतमा राखी सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान अगाडि बढाइएको छ।”
प्रतिक्रिया