सिरहा, चैत्र ८ – महायज्ञ गर्ने भन्दै एक दलित परिवारलाई हटाइएको घटनापछि सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको छ।
यस विषयमा हिजो प्रतिनिधि सभा बैठकमा सांसदहरूले सरकारको आलोचना गरेका थिए। सोही घटनालाई मध्यनजर गर्दै गृह मन्त्रालयले दाहाललाई तानेर उनको स्थानमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ।
यसैबीच, गृहमन्त्री लेखकले घटनाबारे सत्यतथ्य पत्ता लगाउन र स्वतन्त्र छानबिन गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
प्रतिक्रिया