कञ्चनपुर, चैत्र ८ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका–१०, बदगामा स्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिरहुत गाउँपालिका ५ बुधेवा बस्ने बिसनदेव मण्डलका ३१ वर्षिय छोरा दिपेश मण्डल रहेको प्रहारीले जानकारी दिएको छ ।
गएको राति (बिहीबार) राति १९ः५० बजे कञ्चनपुरबाट भारदह तर्फ जाँदै गरेको प्रदेश १–०२–००३ ह ८६९२ नं. को सिटि सफारी र भारदहबाट कञ्चनपुर तर्फ आउँदै गरेको प्र.३–०१–००२ प ८२८९ नं. को मोटरसाइकल आपसमा ठक्कर खाएका थिए । ठक्करबाट घाइते भएका मोटरसाइकल चालक दिपेश मण्डलको उपचारको क्रममा गोल्डेन अस्पताल, बिराटनगरमा राति ९ बजे नै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी माधव काफ्लेले जानकारी दिएका छन् ।
घटनामा दुईवटा सवारी साधन एक आपसमा ठक्कर खाएर दुर्घटनामा परेपछि पाँच जना घाइते भएका थिए । घटनामा सिटी सफारीमा सवार चार जना र मोटरसाइकलमा सवार एक जना गम्भीर घाइते भएका छन् । घाइतेहरूको उपचारका लागि उनीहरूलाई तत्काल गोल्डेन अस्पताल बिराटनगर पठाइएको छ ।
सिटी सफारीमा सवार घाइतेहरूमा राम सेवक राम (३२ वर्ष), कञ्चनरुप नगरपालिका–३, टाउको र खुट्टामा चोट, अवस्था मध्यम; राज कुमार गुप्ता (२७ वर्ष), बदगामा, अनुहार र खुट्टामा चोट, अवस्था मध्यम; प्रीतिब देव पण्डित (४५ वर्ष), सफारी चालक, टाउको र खुट्टामा चोट, अवस्था मध्यम; अजय कुमार गुप्ता (३० वर्ष), बदगामा, टाउकोमा चोट, अवस्था मध्यम र मोटरसाइकलमा सवार आरती देवी खंङ (२२ वर्ष), तिरहुत गा.पा.–५, अनुहार र खुट्टामा चोट, अवस्था मध्यम रहेका छन् । डिएसपी काफ्लेले जनाएका छन् ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय कञ्चनपुरको टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान थालेको छ । सिटी सफारी र मोटरसाइकललाई प्रहरीको नियन्त्रणमा लिइएको छ र दुर्घटनाको कारण पत्ता लगाउन थप अनुसन्धान जारी रहेको डिएसपी काफ्लेले जनाएका छन् ।
प्रतिक्रिया