अवलोकित समाचारदाता
राजविराज ,पुस ३ गते । राजगढ गाउँपालिकाका संघ संस्थाका पदाधिकारीहरुलाई तिन दिने संस्थागत क्षमता विकास तालिम सम्पन्न भएको छ ।
बुधवार राजविराज स्थित डिलक्स स्टार होटलमा युरोपियन यूनियनको आर्थिक सहयोग,आसमान नेपाल एंव ,वेल्टहङ्गरहिल्फेको प्राविधिक सहयोग तथा अगुवाईमा “समावेशी लोकतन्त्रका लागि नागरिक सशक्तिकरणको प्रबद्र्धन”नागरिक सक्रियता परियोजना अन्र्तगत युवाहरु,लक्षित वर्गलाई सेवा प्रभावकारिता पहुचँ पुग्ने उदेश्यले दलित सरोकार मञ्च नेपाल सप्तरी सँग आबद्ध राजगढ गाउँपालिकाका संघ संस्थाहरुलाई तिन दिने तालिम सम्पन्न भएको छ । समापन कार्यक्रममा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी ६ स्थानीय संस्थाहरुका पदाधिकारीलाई जानकारी, अधिकारमा आधारित पद्धति अनुसार नेतृत्व गर्ने सोच पैदा भई सामाजिक सवालमा परिचालन,लैङ्गिक संवेदनशिलतामा सचेत भई योजना तर्जुमा प्रक्रियामा स्थानीय सामाजिक सवालहरु उठान गरी संस्थालाई अगाडि बढाउने आवश्यक पर्ने विधि, प्रकृया लगायतका विषयबस्तुहरु प्रशिक्षक सोनालाल चौधरीले सहजिकरण गरिएका थिए । उक्त समापन समारोहमा राजगगढ गाउँपालिकाका जनताहरुलाई स्थानीय सरकारको सुवा सुविधामा पहुचँ पुग्ने उदेश्यले र संघहरु संस्थागत विकास तथा आफना आवजलाई उजागर गर्न दलित जनउत्थान युवा क्लवका अध्यक्ष रामपुकार पासवानको अध्यक्षतामा १९ सदस्यीय राजगढ जनअधिकार सञ्जाल समिति गठन गरिएको छ । दलित सरोकार मञ्च नेपाल सप्तरीका जिल्ला संयोजक राजकुमार पासवानले गठित महिला संवाद केन्द, आबद्ध रहेका संस्थाहरुका प्रगती,कार्ययोजना,आगामी दिनमा गरिने गतिविधि लगायतको बिषयमा जानकारी गराएका थिए ।
प्रतिक्रिया