सप्तरीमा नेपाल बाँतर समाजको पाँचौं जिल्ला सम्मेलन, पुरण सरदारको नेतृत्वमा नयाँ समिति चयन

...

कञ्चनपुर,चैत्र १० गते ।   अग्निसाईरकृष्णासवरन गाउँपालिका–२, सितापुरमा शनिबार सम्पन्न नेपाल बाँतर समाज कल्याणकारिणी तथा नेपाल बाँतर सरदार समाज उत्थान केन्द्रको संयुक्त पाँचौं जिल्ला सम्मेलनले पुरण सरदारको सभापतित्वमा २१ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ।

बन्दसत्रबाट चयन भएको नयाँ कार्यसमितिमा उपाध्यक्षमा पम्फा देवी सरदार, सचिवमा चन्द्र नारायण सरदार, सह–सचिवमा किरण सरदार र कोषाध्यक्षमा जलपना देवी सरदार चयन भएका छन्। सदस्यहरूमा रामेश्वर सरदार, गीवार्ण युद्ध सरदार, फुलो देवी सरदार, सेवकी देवी सरदार, मनोज कुमार सरदार, कुलेश्वर सरदार, आनन्दी सरदार, सुकनी देवी सरदार, अशोक सरदार, जनक सरदार, आशाराम सरदार, शिवपूजन सरदार र फौगनी देवी सरदार चयन भएका छन्।

बन्दसत्रको अध्यक्षता राजेन्द्र सरदारले गरेका थिए भने नेपाल बाँतर सरदार समाज उत्थान केन्द्रका महासचिव तथा कार्यवाहक अध्यक्ष श्याम सरदार प्रमुख अतिथि रहेका थिए। प्रमुख अतिथि सरदारले बाँतर सरदार समुदायको संगठनलाई बदलिँदो समयअनुसार सशक्त बनाउनुपर्ने र सामुदायिक हितका विषयमा प्राथमिकता तय गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका थिए।

कार्यक्रमको खुला सत्रमा कञ्चनरुप नगरपालिकाका मेयर पदका प्रत्यासी तथा अनुसन्धानकर्ता भोला पासवानले नेपाल सरकारले २०७८ को जनगणनामा बाँतर समुदायको जनसंख्या ६१ हजार ६८७ मात्रै देखाएकोमा आपत्ति जनाउँदै छुट जातीय जनगणना गर्नुपर्ने माग गरे। उनले मेहतर समुदायको जनसंख्या पनि सरकारी तथ्यांकभन्दा धेरै रहेको उल्लेख गर्दै समुदायको वास्तविक जनसंख्या पहिचानका लागि घरधुरी सर्वेक्षणलाई बल दिनुपर्ने बताए।

कार्यक्रममा सहभागी वक्ताहरूले बाँतर सरदार समुदायको शैक्षिक सशक्तीकरण, स्वास्थ्य समस्याबाट पीडितहरूलाई आवश्यक सहयोग, र स्थानीय तहदेखि संघीय तहसम्मको राजनीतिक सहभागिता सुनिश्चित गर्न एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा जिल्लाभरिका अगुवाहरूको व्यापक सहभागिता रहेको थियो।

प्रतिक्रिया