हात्ती आतंक कायमै : बिरेन्द्र बजारमा तीनवटा घरमा तोडफोड लाखौंको क्षति

  • पुष ३, २0७६
  • 0
...

अवलोकित समाचारदाता
बिरेन्द्रबजार,पुस ३ गते ।
सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ बिरेन्द्र बजारमा मंगलबार जंगली हात्तीको एक समूहले तीनवटा घरमा तोडफोड गरेको छ ।
    कोशीटप्पु बन्यजन्तु आरक्षणबाट आएको हात्तीले स्थानीय गिता थापा मगर, देबरुप यादव र श्याम कामैतको घरमा तोडफोड गरि एक लाख बराबरको क्षति गरेको हो । सुति रहेको अबस्थामा मध्यरातमा आएको हात्तीको समूहले घरको टाटी भत्काएर चामल, चाउमिन, भुजा, डाईनिङ टेबुल, लत्ताकपडा र भांडाकुडा तोडफोड गरि ४० हजार बराबरको  क्षति गरेको पीडित गिता थापाले बताईन । उनले भनिन्,‘हात्तीले टाटी भत्किएको थाहा पाउन साथ नाबालक छोरा च्यपेर भागेर ज्यान जोगायौं ।’
    श्रीमान रोजगारीको लागि काठमाडौमा रहेको  उनी नाबालक छोरासंगै घरमै चिया नास्ता पसल संचालन गरि गुजारा चलाउदै आएकी छिन । यसैगरी हात्ती द्वारा सोही स्थानका देवरुप यादवको घरको टाटी भत्काएर पालाङ, एलईडि टिभी, टेबुल, अन्नपात लगायतका सामाग्रीमा तोडफोड गर्दा ५० हजार बराबरको क्षति गरेको छ । तीन महिना अगाडी समेत घरमा हात्तीले तोडफोड गरि लाखौंको क्षति गरेको उनले बताए । क्षतिको विवरण  स्थायी सरकारलाई तत्कालै बुझाएपनी कुनै प्रकारको सहयोग नपाएको उनले गुनासो गरे । चारवटाको समुहमा रहेको हात्तीले घर, झ्याल, बाकस लगायतका फर्निचरका सामानमा तोडफोड गर्दा २० हजार बराबरको धनमाल नष्ट गरेको अर्का पीडित श्याम कामैतले बताए । सोही हात्तीको समूहले अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ का जय तामाङले लगाएको कोदोबाली खादा ३० हजार भन्दा बढीको क्षति गरेको स्थानीयले जनाएको छ । सप्तरीको रुपनी, अग्निसाई कृष्णासवरन गाउँपालिका, सप्तकोशी, कन्चनरुप, खडक र सुरुङा नगरपालिकामा जंगली हात्तीले ठुलो जनधनको क्षति गरेपनी सम्बन्धित निकाय भने समस्या सामाधान प्रती उदासिन देखिएको छ ।

प्रतिक्रिया