सप्तरीको सर्वोदय माध्यमिक विद्यालयमा चार कोठे भवन निर्माण कार्यको अनुगमन

...

कञ्चनपुर, चैत्र २२ गते ।
 कञ्चनरुप नगरपालिका–८ स्थित सर्वोदय माध्यमिक विद्यालयमा निर्माणाधीन चार कोठे भवनको अनुगमन तथा निरीक्षण गरिएको छ । बिहीबार आयोजना प्राविधिकहरूको टोलीले निर्माण स्थलमा पुगेर कामको प्रगति र गुणस्तरको समीक्षा गरेका हुन् ।
अनुगमनमा सि.डि.ई. सुरेन्द्र कुमार साह, ईन्जिनियर राजकुमार मिश्र, ईन्जिनियर रबिराज माझी, विद्यालयका प्रधानाध्यापक तारानन्द मलिक, सह–प्रमुख शिक्षक रमानन्द यादव, निरीक्षण बिद्यालय प्रमुख ललित नारायण यादव, साथै स्थानीय समाजसेवीहरू राजेश गुप्ता, आनन्द यादव, अमित मण्डल, राजेश कुमार होहिता, गोतम चौधरी, बिमलेश कापर लगायतको उपस्थिति रहेको थियो ।
अनुगमनकर्ताहरूले हालसम्म सम्पन्न निर्माण कार्यको गुणस्तर सन्तोषजनक रहेको निष्कर्ष निकालेका छन् र आगामी कार्यहरूलाई पनि निर्धारित मापदण्ड अनुसार अगाडि बढाउन निर्देशन दिएका छन् ।
आयोजना प्राविधिक टोलीले निर्माण कार्यको नियमित प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) गर्नुपर्ने आवश्यकता औंल्याउँदै, सबै काम प्राविधिक निगरानीमा सम्पन्न गरिनुपर्ने जनाएको छ ।
अत्यधिक घामका कारण दिउँसो काम गर्न असहज भएको भन्दै ठेकेदारले बिहान सबेरै काम सुरु गर्ने र आवश्यक परेमा राती ढलानको काम आयोजना प्राविधिकको उपस्थितिमा मात्र गर्ने व्यवस्था मिलाइएको जानकारी दिएका छन् ।
विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि सञ्चालन गरिएको यो निर्माण कार्य समयमै र गुणस्तरमा सम्झौता नगरी सम्पन्न गरिने विश्वास गरिएको छ ।
 

प्रतिक्रिया