अवलोकित समाचारतादा
कञ्चनपुर,पुस १४ गते । कञ्चनरुप नगरपालिका मुसहर समुदायलाई शीतलहरका सबभन्दा बढी प्रभावित बनाएको छ । चरण गरिबीका कारण मुसहर समुदायलाई खान र लाउन समेत समस्या छ । मुसहर बस्ती मा सुत्केरी आमा, गर्भवती, बालबालिका, वृद्धवृद्धा समस्यामा छन् । उनीहरुलाई ओढ्ने, ओछ्याउने कपडाको अभाव छ । पराल र सुकुल ओढेर रातदिन काटिरहेका छन् उनीहरु ।
मुसहर बस्तीमा चिसोकै कारण कतिपय बिरामी समेत परेको स्थानियले बताए । कञ्चनरुप नगरपालिकाले अहिलेसम्म चिसोबाट नागरिकको ज्यान बचाउन कुनै कार्यक्रम ल्याएको छैन ।
चिसोले सबभन्दा बढी मार विपन्न र दलित समुदायलाई परेको छ । नगरपालिकाले चौक चहारका केही ठाउँमा दाउरा खसाएका छन् । तर दलित बस्तीमा कतै पनि दाउरा खसाएको छैन ।
गत बर्ष पनि नगरपालिकाले चिसोबाट पिडीतहरुलाई कुनै सहयोग गरेको थिएन ।
प्रतिक्रिया